बढुवा सिफारिसमा परेको खुसीयालीमा उनले कमलपोखरीमा रहेको आँगन स्वीट्समा गएर मिठाइ किनेर बाँड्न थाले । तर, एउटा मिठाइमा मान्छेको नङ फेला परेपछि उनले तुरन्तै काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहलाई खबर गरे ।
सिंहले तत्कालै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसमेतको सहकार्यमा मिठाइ पसलमा छापा हाने । घटनामा मिठाइ पसल सञ्चालक प्रकाश डोटेल पक्राउ परेका छन् ।
थप अनुसन्धान भइरहेको सिंहले जन न्युज नेपाल खबरलाई बताए ।
