Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गगन थापाको खबरदारी : श्रीमान खासखुस नगरिबक्योस्, न्याय बक्सियोस्


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष १४ २०७७
  • 5.5K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले संसद विघटनबारे अदालतमा बहस भइरहँदा कांग्रेसले सडकमा आएर न्याय माग्नुपर्ने बताएका छन् ।

पार्टीकै कतिपय नेताले अदालतमा विचाराधीन मुद्धामा बोल्न मिल्छ कि मिल्दैन भनेको भन्दै उनले अदालतमै उभिएर बीपी कोइरालाले ‘अदालत परिसरभित्र न्यायको हत्या नहोस्’ भनेको स्मरण गराए । राजाको शासन भएको बेलामा त्यस्तो भन्ने बीपीका कार्यकर्ता अहिले टुलुटुलु हेरेर बस्न नमिल्ने थापाको भनाइ छ ।

संसद विघटनको विरोधमा नेपालगञ्जमा आयोजित विरोध प्रदर्शनलाई सम्बोधन गर्दै थापाले भने, ‘जुन दिन अदालतमा संसद विघटनको मुद्दामा छलफल हुन्छ । त्यो कांग्रेसले सडकमा आएर न्यायमूर्तिहरुलाई शान्तिपूर्ण रुपमा भन्ने हिम्मत गर्नुपर्छ, हाम्रो तपाईहरुप्रति ठूलो विश्वास छ । हाम्रो सम्मान छ, आस्था छ । त्यसैले हामी तपाईहरुतर्फ आशा/भरोसाको नजरले हेरिरहेका छौं श्रीमान ।’

उनले अघि भने, ‘श्रीमानहरुले पनि दाँया नहेरिबक्स्योस्, बायाँ नहेरिबक्स्योस्, उत्तरतिर पनि नहेरिबक्स्योस्, दक्षिततिर पनि नहेरिबक्स्योस् । पर्दा पछाडि के भइरहेको छ, त्यो पनि नहेरिबक्स्योस्, खासखुस पनि नगरिबक्स्योस् । केवल तपाईले कसम खाएको संविधान पल्टाएर हेरिबक्स्योस् र न्याय बक्सियोस् ।’

संविधान बनाउँदै गर्दा तत्कालीन माओवादीले अदालतलाई निर्वाचित प्रधानमन्त्रीको मातहतमा राख्नुपर्छ भन्ने प्रस्ताव गरेको र त्यतिबेला कांग्रेसले अदालतको स्वतन्त्रताका लागि लडेको उनले बताए । ‘त्यसैले अदालतमाथि पनि हाम्रो विश्वास छ’ नेता थापाले भने । अदालतको सबैभन्दा ठूलो जिम्मेवारी न्याय दिनु भएको उनले बताए । र, अदालतले विना भय र पक्षपात, विना गोप्य निर्देशन न्याय दिन सक्यो भने मात्र अदालत हुनुको अर्थ हुने उनले बताए । कांग्रेस नेता थापाले भने, म अदालतबाट न्यायको अपेक्षा गर्छु, अदालतले न्याय देओस् श्रीमान ।’

उनले संसद विघटन संविधानमाथि अपराध भएको भन्दै त्यसलाई सच्याउनुपर्ने र अपराधमा मुख्य जिम्मेवारहरुलाई दण्डित गर्नुपर्ने समेत बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४