Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ट्रम्पकाे असन्तुष्टी : श्रीमतीको तस्बिर पहिलाे पृष्ठमा किन नछापेकाे ?


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष १२ २०७७
  • 5.1K
    SHARES

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नी श्रीमती एवं प्रथम महिला मेलानिया ट्रम्पको तस्बिरलाई प्राथमिकताका साथ नछापेको भन्दै मिडियाहरूमाथि असन्तुष्टि पोख्नुभएको छ ।पछिल्लो चार वर्षमा कुनै पनि ठूलो म्यागेजिनले मेलानियालाई आवरण पृष्ठमा स्थान नदिएको भन्दै उहाँले असन्तुष्टि पोख्नुभएकाे हाे ।

मेलानिया अमेरिकी इतिहाचसकै सबैभन्दा सुन्दर प्रथम महिला हुँदा पनि मिडियाले नजरन्दाज गरेको ट्रम्पको आरोप छ । बाराक ओबामा दुईपटक राष्ट्रपति हुँदा प्रथम महिला मिशेल ओबामाको १२ वटा ठूला म्यागेजिनले आवरण पृष्ठमा तस्बिर छापेको ट्रम्पको भनाइ छ । ओबामा दुईपटक गरेर ८ वर्ष राष्ट्रपति बन्नुभएकाे थियाे ।

ट्रम्पले सामाजिक सञ्जालमार्फत अमेरिकी मिडियाकाे भेदभावपूर्ण आचरणकाे आलाेचना गर्नुभएको छ । चार वर्ष राष्ट्रपति हुँदा मेलानियालाई चासो नदिएका मिडियाहरूले कार्यकाल सकिन लागे पछि मेलानियाको प्रशंसा गर्न थालेकाे ट्रम्पको भनाइ छ ।

ट्रम्पको आरोपपछि केही म्यागेजिनहरूले यसकाे खण्डन गरेका छन् । उनीहरूको ट्रम्पको आरोप आधारहीन भएको टिप्पणी गरेका हुन् ।

यद्यपि ट्रम्पका समर्थकहरूले भने मिडियाले जानीजानी मेलानियालाई स्थान नदिएको आरोप लगाएका छन् । साथै उनीहरूले अमेरिकी मिडिया ट्रम्पको विषयमा गलत समाचार फैलाउन माहिर रहेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४