आइतबार पदभार ग्रहण गर्दै मन्त्री रायमाझीले सञ्चारकर्मीहरुसँगकाे कुराकानीमा एमसिसी नेपालको हितमा रहेको बताएका हुन् । उनले एमसीसी कार्यान्वयनमा सहयोग गर्न सबैलाइ आग्रह समेत गरे ।
उनले एमसिसी कार्यान्वयन हुँदा अमेरिकी सेना नेपाल भित्रिने भनी जुन प्रचार गरिएकाे छ, त्यसमा विश्वास गर्न नसकिने बताए । कतिपय सम्झौता गर्दा देशको स्वाभिमानलाई कमजोर पार्ने बुँदाहरु छन् भने बरू सच्याउन सकिने उनकाे भनाइ थियाे ।
पछिल्ला हरेक सरकारले एमसीसीलाई अनुमोदन गर्दै आएको भन्दै उनले उनले एमसीसी बरू परिमार्जन गरेर भए पनि पास गर्नुपर्ने बताए ।