Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

हल खुलेपछि जिल्ला प्रशासन कार्यलय पुगे फिल्मीकर्मी


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, पुष ११ २०७७
  • 4.4K
    SHARES

कोरोना महामारीका कारण ९ महिनादेखि बन्द रहेका हलहरु आजबाट खुलेका छन् । हल व्यवसायीहरुको छाता संगठन चलचित्र संघले हल खोल्ने घोषणा गरेसँगै आजबाट देशभरका अधिकांश हलहरु खुलेका छन् । हलमा आजबाट २ नेपाली र २ अंग्रेजी चलचित्र रिलिज भएका छन् । तर, हल खुलेसँगै चलचित्रकर्मीहरु जिल्ला प्रशासन कार्यलय पुगेका छन् ।

हल खुलाउने निर्णय गरेपछि सीडीओ कार्यलयले छलफलका लागि डाकेको हो । चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानले जन न्युज नेपाल खबरसँग भने–‘हामीले हल खोल्ने निर्णय गरे अनुसार आजबाट देशभरका हल संचालनमा आएका छन् । जिल्ला प्रशासन कार्यलयबाट बैठकका लागि बोलाइएपछि हामी आएका हौं ।’

छलफलमा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, हल व्यवसायी, निर्माता, निर्देशकहरु सहभागी छन् । सरकारले हल खोल्ने अनुमती नदिएपनि एकतर्फी रुपमा हल खोल्ने निर्णय गरेका चलचित्रकर्मीलाई जिल्ला प्रशासन कार्यलयले कुराकानीका लागि बोलाएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४