Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध पनि अविश्वास प्रस्तावको तयारी


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष १० २०७७
  • 6.3K
    SHARES

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी सुरु भएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड– नेपाल पक्षका सांसदहरुले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ताको तयारी गरेका हुन् ।

नेकपाको केपी शर्मा ओली समूहमा रहेका मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुन लागेको सूचना पाएको ओली समूहकै नेताहरुले बताएका छन् ।

माधव प्रचण्ड समूहका एक प्रदेश सांसद्ले आफूहरु अविश्वास प्रस्तावको गृहकार्यमा रहेको र केन्द्रको निर्देशन पर्खिएर बसेको जन न्युज नेपाल खबरलाई बताए । प्रचण्ड– माधव समूहले शुक्रबार बागमती प्रदेशको मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराइसकेका छन् । प्रदेशसभाको ९३ सदस्यमध्ये नेकपाका ६७ सांसद छन् । कांग्रेसको २१ र साना दलको पाँच सांसद् छन् । नेकपाका ६७ मध्ये ओली पक्षमा २० जना सांसद छन् । प्रचण्ड–नेपाल पक्षमा ४७ जना छन् ।

  • मन्त्रिपरिषद बैठकमा गएनन् मन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको भोलिपल्ट ६ पुसमा मुख्यमन्त्री राईले आकस्मिक मन्त्रिपरिषद बैठक राखेका थिए । तर सो बैठकमा प्रचण्ड– नेपाल पक्षका मन्त्री सामाजिक विकास मन्त्री जीवन घिमिरे र आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्र आङ्बो गएनन् । यद्यपि उनीहरुले सूचना ढिलो आएकाले जान नपाएको प्रतिक्रिया दिएका छन् । प्रदेश मन्त्रिपरिषदमा प्रचण्ड–नेपाल पक्षका पाँचजना सदस्य छन् ।

  • ‘मुख्यमन्त्रीले नैतिकता देखाउनुपर्छ’

प्रचण्ड–नेपाल समूहका सांसदहरुले नेकपा विभाजित भएको र मुख्यमन्त्री अल्पमतमा परिसकेको भन्दै राजीामा दिन आग्रह गरेका छन् । ‘उहाँले नैतिक हैसियत गुमाइसक्नु भयो,’ प्रदेश सांसद् कुलप्रसाद साम्बा (कुशल) भन्छन् ‘नैतिकता देखाउनु पर्छ ।’

वर्तमान प्रदेश सरकारमा बहुमत नपुग्ने भएकाले प्रधानमन्त्री ओलीले भङ्ग गर्न सक्ने जोखिम रहेको उनले बताए । केही दिनअघि जन न्युज नेपाल  खबरसँगको टेलिफोन सम्पर्कमा आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङबोले पनि ओलीबाट प्रदेश संरचना जोखिममा रहेको बताएका थिए ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले तत्काल संसद अधिवेशन बोलाउन माग गरेका छन् । ‘कोरोना नियन्त्रण, विकास निर्माण र सरकारकारका गलत विषयमा छलफल गर्न संसद चाहिन्छ,’ उनले भने ‘सरकारले तत्काल बैठक बोलाओस् ।’

उनले प्रदेशको सत्ता समीकरणमा कांग्रेसले सहभागिता जनाउने विषयमा अहिले नै टुंगो नलागेको बताए । ‘प्रदेश सरकारमा सहभागी नहुने केन्द्रले निर्णय गर्ला’ उनले भने, ‘अहिले छलफल भएको छैन ।’ ६ महिनाभित्र अधिवेशन बोलाउनुपर्ने प्रावधानका कारण प्रदेश १ मा ८ माघभित्र संसद अधिवेशन बोलाउनुपर्नेछ । संसद अधिवेशन अन्त्य भएको ८ माघमा ६ महिना पुग्दैछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४