Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कानुनी प्रक्रिया पूरा नगरेका वीरगञ्जका ७ पसल कारबाहीमा


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष १० २०७७
  • 6.3K
    SHARES

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा बजार अनुगमनका क्रममा ७ वटा पसललाई कारबाही गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल नेतृत्वको संयुक्त अनुगमन टोलीले बजार अनुगमन गरेको हो ।

मा बनारसी इन्टरप्राइजेज, शोभा किराना पसललाई २०/२० हजार, जय मा किराना स्टोरलाई १० हजार, सीमी आर्युवेद फार्मेसी, एनयू ट्रेडिङ, एचएम ट्रेडर्स, देवी किराना पसललाई ५/५ हजार जरीवाना गरिएको सहायक प्रजिअ पौडेलले जानकारी दिए ।

दुई वटा पसलले असहयोग गरेकोले ५/५ हजार र अन्यले आवश्यक कानुनी प्रक्रिया पूरा नगरेकोले ५ देखि २० हजार जरिवाना गरिएको उनले बताए ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय पत्रकार महासंघ पर्सा, वीरगञ्ज उद्योग वाणिज्य संघ, उपभोक्ता हित संरक्षण मञ्च लगायतका प्रतिनिधि अनुगमनमा सहभागी भएका थिए । कानुनी प्रक्रिया पूरा गरेर मात्रै पसल व्यवसाय सञ्चालन गर्न व्यवासयीलाई सचेत समेत गराइएको उपभोक्ता हित संरक्षण मञ्चका वीरगञ्ज नगर अध्यक्ष अजित भुजेलले बताए ।

व्यापारीहरुले भने पसलको मासिक आम्दानी भन्दा बढी जरीवाना गरिएको भन्दै असन्तुष्टि जनाएका छन् । चार वटा समानको खरिद बिल देखाउन नसक्दा २० हजार जरीवाना गरिएको मा वनारसी इन्टरप्राइजेजका सञ्चालक रामरत्न प्रसाद कुशवाहाले गुनासो गरे ।

‘९५ प्रतिशत समानको बिल छ, खरिद, बिक्री बिल देखाएको हो । विस्कुट, घीउ, तेल र च्यवनप्रासको बिल दिन सकिन,’ उनले भने, ‘कुनै समान वीरगञ्जमा पाइँदैन, सानो पसल भएकोले रक्सौलबाट ल्याउँछौं । महिनामा १० हजार कमाइ छ, २० हजार जरीवाना लिएर अन्याय गरेको छ । ’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४