तर, आज उनी प्रचण्ड–माधव पक्षको बैठकमा जाने भएका छन् । तामाङ सिन्धुपाल्चोक–२ बाट निर्वाचित प्रतिनिधिसभा सांसद हुन् ।
उनकी पत्नी उषाकला राई प्रदेशसभा सदस्य हुन् । उनलाई ओली समूहले केन्द्रीय सदस्य बनाएको थियो । उनले केन्द्रीय सदस्य पद अस्वीकार गरेकी छन् ।
‘प्रधानमन्त्री केपी कमरेडले मलाई पत्याएर केन्द्रीय कमिटी जस्तो उच्च ओहोदामा राख्नु भएकोमा हृदयबाट कृतज्ञ जाहेर गर्दछु,’ उनले भनेकी छन्, ‘तर मेरा ग्यानोभावले उक्त पदमा रहेर जिम्मेवारी सम्हाल्न म असमर्थ महसुस भएको छ, त्यसकारण विनम्रताका साथ उक्त केन्द्रीय कमिटी सदस्य म नरहेको सबैमा अनुरोध गर्दछु ।’
