Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेप्से परिसूचक ७ अंकले बढ्यो, अधिकांश समूह राताम्मे


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष ८ २०७७
  • 3.4K
    SHARES

काठमाडौं । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले बढेको छ । नेप्से परिसूचक समग्रमा बढे पनि अधिकांक समूह घटेर राताम्मे देखिएका छन् ।

परिसूचक ७ दशमलव ०४ अंकले बढेर २ हजार ६८ दशमलव ४५ अंक्मा पुगेको छ । उता ‘क’ वर्गका कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सिेटिभ इन्डेक्स भने १.२४ अंकले ओरालो लागेको छ ।

समग्रमा नेप्से परिसूचक बढेपनि व्यापार, होटल विकास बैंक, हाइड्रोपावर, फाइनान्स लगायतका अधिकांश सव–इन्डेक्शहरु घटेर राताम्मे देखिएका छन् । बुधबार बैंकिङ २४ दशमलव २७ अंकले, जीवन बिमा ३९४ दशमलव ०७ र म्युचुअल फण्ड०ं०७ अंकले बढेका छन् ।

कारोबार रकम भने करिब ७ अर्ब नजिक देखिएको छ । दिनभर भएका ५१ हजार ३ सय २ वटा कारोबारबाट २०३ कम्पनीका १ करोड १५ लाख ५८ हजार ९ सय ९१ कित्ता सेयर किनबेच भएका छन् ।

जसअनुसार कारोबार रकम ६ अर्ब ८६ करोड२४ लाख ४५ हजार २ सय १५ रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । बुधबार धेरै कमाउनेमा नविल बैंकका लगानीकर्ता पहिलो नम्बरमा देखिएका छन् ।

नविल बैंकले गत आर्थिक वर्षको मूनाफाबाट ५१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । यो बैंकहरु मध्ये सबैभन्दा धेरै हो । नविलको लाभांशका कारण पनि लगानीकर्ताहरु यता आकिर्षत देखिएका छन् ।

यसको सेयर मूल्य आजमात्रै ९.९७ प्रतिशत अर्थात १३५ रुपैयाँले बढेर प्रतिकित्ता १ हजार ४ सय ८९ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४