Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सेयर बजारमा देखिएन राजनीतिक असर, नेप्से परिसूचक उर्लियो


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष ७ २०७७
  • 6.5K
    SHARES

काठमाडौं । देशमा राजनीतिक घटनाक्रम तातिरहेका बेला सेयर बजार भने उचालिएको छ । साताको तेस्रो दिन सेयर कारोबार मापक नेप्से परिसूचक ९५ अंकले बढेको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत आइतबार प्रतिनिधि सभा विघटन गरेकी थिइन् । सो दिन ९६ अंकको भीषण पहिरो गएको सेयर बजार मंगलबार भने ९५ दशमलव ४६ अंकले बढेर २ हजार ६१ दशमलव ४१ अंकमा उक्लिएको छ ।

नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १५ दशमलव १८ अंकले बढेको छ । संसद विघटन भएसँगै देशमा देखिएको राजनीतिक घटनाको सेयर बजारमा नकरात्मक असर पर्ने कतिपयको अनुमान थियो । तर बजारले सकारात्मक दिशा तय गरेको छ ।

कारोबार रकम पनि पौने ७ अर्ब नजिक पुगेको छ । दिनभर भएका ५५ हजार ७ सय १ करोबारबाट २०५ कम्पनीका १ करोड २७ लाख १७ हजार १ सय ४६ कित्ता सेयर किनबेच भएका छन् ।

जसअनुसार कारोबार रकम ६ अर्ब ७४ करोड ७ लाख ४४ हजार ४ सय ३२ रुपैयाँ पुगेको छ । नेप्सेमा कारोबार हुने सबै उपसमूहहरु बढेर हरियाली देखिएका छन् ।

यि हुन धेरै कमाउने ५ कम्पनी
मंगलबार सबैभन्दा धेरै कमाउनेमा शिखर इन्स्यारेन्स पहिलो नम्बरमा देखिएको छ । शिखरको सेयर मूल्य एकैदिन १० प्रतिशतले बढेर सर्किट ब्रेक नै लागेको छ । १० प्रतिशत अर्थात १६६ रुपैयाँले बढेर शिखरको सेयर मूल्य १ हजार ८ सय २६ रुपैयाँमा पुगेको छ ।

धेरै कमाउने दोस्रो नम्बरमा राष्ट्रिय बिमा कम्पनी देखिएको छ । यसको पनि संस्थापक तर्फका सेयर मूल्यमा सर्किट ब्रेक लागेर बन्द भएको थियो । राष्ट्रिय बिमा कम्पनीको सेयर मूल्य एक कित्तामै १ हजार ३ सय २६ रुपैयाँले बढेर १४ हजार ५४ सय ९१ रुपैयाँ पुगेको छ ।

मंगलबार धेरै कमाउनेमा क्रमशः नबिल बैंक, नेपाल लाइफ इन्स्यारेन्स र साञ्जेन जलविद्यत तेस्रो, चौथो र पाँचौ नम्बरमा देखिएका छन् ।

नविलको सेयर मूल्इ १२३ रुपैयाँले बढेर १ हजार ३ सय ५४ रुपैयाँ पुगेको छ भने नेपाल लाइफको २१३ रुपैयाँले बढेर २ हजार ३ सय ५१ रुपैयाँ पुगेको छ ।

यसैगरी साञ्जेनको भने सेयर मूल्य २५ रुपैयाँले बढेर २७६ रुपैयाँ पुगेको छ । कारोबार रकमका आधारमा भने नेपाल लाइफ पहिलो नम्बरमा देखिएको छ । यसको ८६ करोड भन्दा धेरैको सेयर किनबेच भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४