Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेकपाको झगडा जिल्लामा पुग्यो, काभ्रे र लमजुङमा तालाबन्दी


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष ७ २०७७
  • 2.3K
    SHARES

काठमाडौं । संसद विघटन र मध्यावधि निर्वाचनको घोषणापछि उत्पन्न परिस्थितिको असर जिल्ला तहसम्म पुगेको छ । केन्द्रीय पार्टी कार्यालयदेखि विभिन्न जिल्लामा रहेका कार्यालयलाई ओली समूहका नेता कार्यकर्ताहरुले कब्जा गर्न थालेका हुन् ।

देशभरि ओली र प्रचण्ड–माधव समूहका नेता, कार्यकर्ताबीच विभाजन देखिएसँगै झडप हुन सक्ने परिस्थितिलाई लक्षित गरेर प्रहरीले सुरक्षा सतर्कता बढाएको छ । संसद विघटन र मध्यावधि निर्वाचनको पनि विरोध भइरहेकाले पनि देशभर सुरक्षाकर्मीको परिचालनलाई बढाइएको छ ।

केन्द्रमा ओली पक्षको केन्द्रीय कमिटी बैठक बालुवाटारमा सकिएको छ भने प्रचण्ड–माधव नेपाल समूहले कार्की ब्याङ्क्वेट, बबरमहलमा बैठक राखेको छ । नेकपाको केन्द्रीय कार्यालय, धुम्बाराहीमा चाहिँ ताला लगाइएको छ ।

काभ्रेमा ओली पक्षले नेकपाको जिल्ला कार्यालयमा ताला लगाएको छ । ‘अहिले पार्टी कार्यालय भएको मदन स्मृति भवन हो, त्यहाँ जबज मान्ने साथीहरुको रगत, पसिना बगेको छ’, नेकपा काभ्रे जिल्ला कमिटी सदस्य कञ्चन अधिकारीले अनलाइनखबरसँग भने, ‘जबज नमान्ने साथीहरुले त्यो कार्यालयमा जाने नैतिकता गुमाइसक्नु भएको छ भन्ने सन्देश दिन सांकेतिकरुपमा पुरानो ताला हटाएर नयाँ लगाइएको हो ।’

पार्टी फुटको सम्भावना देखिएसँगै अधिकारीसहित अनेरास्ववियु जिल्ला अध्यक्ष उपेन्द्र सापकोटा, युवा संघका अध्यक्ष बिक्रम चौलागाईंसहितका नेता, कार्यकर्ता गएर कार्यालय कब्जा गरिएको भनिएको छ ।

अधिकारीले आफूहरुको पक्षमा पूर्वएमालेका ९० प्रतिशतसहित पूर्वमाओवादीका केही सदस्यहरु पनि रहेको बताए । ‘जिल्ला समितिमा रहेका पूर्वमाओवादी पक्षका ६० सदस्य मध्ये १० जना हाम्रो साथमा हुनुहुन्छ, अन्य पनि छलफलमा हुनुहुन्छ’, उनले भने ।

लमजुङमा पनि युवा संघका नेताहरुले नेकपा पार्टी कार्यालयमा ताला लगाएका छन् । पार्टी फुटको संघारमा पुगेको अवस्थामा युवा संघले जिल्ला अध्यक्ष र सचिवको कार्यकक्षमा ताला लगाएका हुन् ।

लमजुङमा पनि तत्कालीन एमालेकै कार्यालयमा नेकपाको जिल्ला पार्टी कार्यालय राखिएको थियो । पार्टी एकीकरणका वेला तत्कालीन माओवादीबाट नेतृ मधुमाया अधिकारीलाई पार्टी अध्यक्ष बनाइएको थियो भने एमालेतर्फबाट धनञ्जय दवाडीलाई सचिव बनाइएको थियो ।

युवा संघका संयोजक ऋषि बस्नेतसहितको समूहले अध्यक्ष अधिकारी कार्यकक्षमै भएका वेला निस्किन लगाएर ताला लगाएको थियो । तालाबन्दीपछि प्रधानमन्त्री ओली निकट विद्यार्थी नेताहरुले नारावाजी र प्रदर्शनसमेत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४