Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गर्भावस्थामा अपनाउनैपर्ने सावधानी


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष ७ २०७७
  • 3.4K
    SHARES

गर्भावतीहरुको एउटै कामना हुन्छ, आफुले जन्माउने शिशु स्वस्थ र तन्दुरुस्त होस् । तर, कहिले काहीँ नसोचेको नतिजा आउँछ । गर्भबाट शिशुमा केही शारीरिक समस्या लिएर जन्मन्छन् । र, यसो हुनुमा गर्भावस्थामा गरिने कतिपय लापरवाही हुनसक्छ ।

चिकित्सकहरुका अनुसार गर्भावस्थाको क्रममा भएका सानो भन्दा सानो गल्तीले पनि शिशु अस्वस्थ हुन सक्छन् ।पर्याप्त पौष्टिक आहार नलिनाले, क्याल्सियम र भिटामिन डिको कमीको कारणले पनि गर्भमा हुर्किरहेको शिशुमा केही कमीहरु देखिन्छन् ।

विशेषज्ञहरुको कुरा मान्ने हो भने गर्भावस्थाको क्रममा महिलाहरुको शरीरमा धेरै खालका परिवर्तनहरु हुन्छन् । यसमा हार्मोनल परिवर्तन पनि मुख्य हो ।यसै कारण उनीहरुलाई समय–समयमा केही विशेष खान मन लाग्छ । जस्तैः अमिलोपिरो, चटपटे, कुनै विशेष परिकार आदि ।गर्भावस्थामा यस्तो गर्नाले आमालाई त सन्तोष दिन्छ तर, बच्चामा यसको नकरात्मक प्रभाव पर्छ जसले उनीहरुमा अपाङ्गताको खतारलाई बढाइदिन्छ ।

गर्भाधारणदेखि नै सम्पूर्ण शारीरिक परीक्षण

गर्भाधारणको योजना बनाउनुअघि पनि महिलाले शारीरिक जाँच गर्नु आवश्यक छ । तीन महिना पहिले सबै आवश्यक परिक्षण जस्तै थाइराइड, सिस्ट आदिको परिक्षण गराउनुपर्छ ।साथै गर्भावस्थाको ३ महिना पहिले नै महिलाहरुले फोलिक एसिडको सेवन गर्नुपर्छ । फोलिक एसिडको सेवनले बच्चा र आमामा रगतको कमी हुँदैन र यसको कारणले पछि कुनै समस्या हुँदैन ।

भाइरल संक्रमणबाट बच्ने

गर्भाधारण पछिको समयमा भाइरल संक्रमणको जोखिमबाट बच्न विशेष सावधानी अपनाउनुपर्छ । भिडभाडमा जाने वा सरसफाईमा ख्याल नगर्ने जस्ता गल्ती गर्नै हुँदैन । अहिलेको जस्तो कोरोना भाइरसको संक्रमणमा त अझ आफ्नो स्वास्थ्यको ख्याल राख्नुपर्छ ।

शान्त वातावरणमा रहनुपर्छ

गर्भावस्थाको क्रममा महिलाहरुलाई धेरै होहल्ला भएको माहौलमा रहनु हुँदैन । यसले बच्चाको सुन्ने शक्ति कम हुन सक्छ । एक अध्ययनको रिपोर्टमा यो कुरा अगाडि आएको छ कि ध्वनी प्रदुषणले गर्भमा हुर्किरहेको बच्चाको श्रवणशक्ति प्रभावित हुन्छ ।यस्ता बच्चाको बोल्ने क्षमतामा पनि असर पर्छ किनभने बच्चाले जबसम्म केही सुन्दैनन् उनीहरुको उच्चारण गर्ने क्षमता विकसित हुँदैन ।

मदिरा र धुम्रपानबाट टाढा

गर्भावस्थामा मदिरापान वा धुमपान एकदमै नराम्रो हो । यसले गर्भको शिशुमा प्रत्यक्ष हानी गर्छ ।मदिराको पिउने लतले गर्भ तुहिन सक्छ वा भ्रुणको विकास रोकिन सक्छ । मदिराको कारणले बच्चाको व्यवहारमा पनि समस्या हुन सक्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४