Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उप-मेयर कप महिला राष्ट्रिय कराँते प्रतियोगिता नागार्जुन बन्यो च्याम्पियन


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष २ २०७७
  • 8.1K
    SHARES

रौतहट/  रौतहटको चन्द्रपुर नगरपालिकामा सम्पन्न उप मेयर कप महिला राष्ट्रिय कराँते प्रतियोगिता काठमाडौँको नागार्जुन नगरपालिका च्याम्पियन बनेको छ । ९ स्वर्ण सहित नागार्जुन च्याम्पियन बनेको हो । चन्द्रपुर नगरपालिकाको आर्थिक सहयोग तथा नेपाल सितोरियो करांते संघ रौतहटको आयोजनामा सम्पन्न सो प्रतियोगितामा रौतहटको चन्द्रपुर नगरपालिका दोस्रो र सिराहाको गोलबजार नगरपालिका तेस्रो भएको हो । उनीहरुले समान २–२ स्वर्ण जितेका छन् ।

विजेता टिम र खेलाडीहरुलाई चन्द्रपुर नगरपालिकाकी उपप्रमुख रामरत्ती चौधरी, नेपाल सितोरियो करांते संघका अध्यक्ष दावा गुरुङ , चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण सिग्देल, नेपाल टेक्निकल कमिटीका अध्यक्ष प्रकाम मान दावरे, नेपाल फुटबल संघ प्रदेश २ क अध्यक्ष नेपाल कार्की, रौतहट जिल्ला फुटबल संघका अध्यक्ष भगवान दर्लार्मी , चन्द्रपुर नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष अमर आले , समाजसेवी विनोद चौधरीले संयुक्त रुपमा ट्रफी, मेडल र नगद पुरस्कार हस्तान्तरण गर्नुभएको थियो ।

कोरोना महामारीको कारण सुस्ताएको खेलकुद गतिविधीलाई थोरैभएपनि यो प्रतियोगिताले चलायमान गर्न सफल भएकोमा नेपाल सितोरियो करांते संघ रौतहटका अध्यक्ष अशोक कुमार पहाडीले खुसी व्यक्त गर्नुभयो । उहाँले सो संघले आगामि दिन अझ भव्य र वृहत कराँते प्रतियोगिता गराउने तयारी गरिरहेको जनाउँदै चन्द्रपुर नगरपालिकालाई कराँतेको जोनको रुपमा विकास गर्ने लक्ष्य सहित आफुहरु अगाडि बढिरहेको बताउनुभयो ।

प्रतियोगितामा सहभागि भएर विजेता बन्न पाएकोमा निकै खुसी लागेको बताउँदै नागार्जुन नगरपालिकाकी खेलाडी सुस्मिता लामाले यस्ता खाले प्रतियोगिताले लुकेर बसेका खेल प्रतिभालाई अगाडि ल्याउन मद्धत गर्ने विश्वास व्यक्त गर्नुभयो । सो प्रतियोगितामा देशभरका विभिन्न जिल्लाहरुका १८ वटा नगरपालिकाको महिला खेलाडीहरुको सहभागिता रहेको थियो ।

प्रतियोगितामा २ सय ५० भन्दा बढि खेलाडीहरुको सहभागिता रहेको आयोजकले जनाएको छ । २५, ३०, ३५, ४०, ४५, ५०, ५५ र ६० किलो तौल समुहमा प्रतिस्पर्धा गराइएको सो प्रतियोगितामा प्रथम हुने खेलाडीलाई नगद ५ हजार, द्धितिय हुने खेलाडीलाई नगद ३ हजार र तृतिय खेलाडीलाई १÷१ हजार नगद पुरस्कार तथा मेडल प्रदान गरिएको अध्यक्ष पहाडीले जानकारी दिनुभयो ।

प्रतियोगिताको वेष्ट प्लेयर चन्द्रपुर नगरपालिकाकी किमस लामा भएकी थिइन भने सिन्धुलिको दुधौलि नगरपालिका अनुशासित टिम बन्न सफल भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४