Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

होफेनहेइमलाई ४-१ ले हराउँदै लेभरकुजन बुण्डेसलिगाको शीर्ष स्थानमा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, मंसिर २९ २०७७
  • 6K
    SHARES

काठमाडौं । बायर लेभरकुजन जर्मन बुण्डेसलिगाको शीर्ष स्थानमा उलेको छ । लिओन बेलीको दुई गोल मद्दतमा होफेनहेइमलाई ४-१ ले पराजित गर्दै लेभरकुजन शीर्ष स्थानमा उक्लेको हो ।

घरेलु मैदान बे एरेनामा भएको खेलमा लेभरकुजनले दुवै हाफमा २-२ गोल गरेको थियो । दोस्रो हाफमा होफेनहेइमका दुई खेलाडी रातो कार्ड पाउ मैदान बाहिरिएका थिए ।बेलीले चौथो मिनेटमै गोल गर्दै लेभरकुजनलाई अग्रता दिलाएका थिए । २७औ मिनेटमा बेलीले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे ।

५०औं मिनेटमा क्रिस्टोफर बाउमगाटनरले होफेनहेइमका लागि गोल गर्दै खेलमा फर्काउने प्रायस गरे । तर ५५औं मिनेटमा फ्लोरिन विट्जले गोल गर्दै लेभरकुजनलाई ३-१ को अग्रता दिलाए ।

६४औं मिनेटमा होफेनहेइमका फ्लोरिन ग्रिलिस रातो कार्ड पाउ मैदान बाहिरिए । यस्तै ७९औं मिनेमा स्टेफान पोस पनि रातो कार्ड पाउदै मैदान बाहिरिएपछि होफेनहेइम ९ खेलाडीमा समेटिएको थियो ।इन्जुरी टाइममा लुकास अलारियोले पेनाल्टीमा गोल गरेपछि लेभरकुजनले सहज जित हात पारेको हो ।

जितपछि ११ खेलबाट २५ अङ्कं जोडेको लेभरकुजनले बायर्न म्युनिख र आरबी लाइपजिगलाई पछि पार्दै शीर्ष स्थानमा छलाङ मारेको हो । बार्यन र लाइपजिगको समान २४ अंक छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४