Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

फिफा वरीयतामा नेपालको स्थान यथावत !


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, मंसिर २६ २०७७
  • 8.7K
    SHARES

काठमाडौं । विश्व फुटलको सर्वोच्च निकाय फिफाले जारी गरेको नयाँ वरीयतामा नेपाल यथावत रहेको छ । फिफाले बिहीबार जारी गरेको नयाँ वरीयतामा नेपाल १७१औं स्थानमा यथावत रहेको छ ।

दुई साताअघि फिफाले सार्वजनिक गरेको वरीयतामा नेपाल एक स्थान तल झर्दै १७१औं पुगेको थियो । फिफाले दुई सातामै नयाँ वरीयता सार्वजनिक गरेको हो । यस बीचमा नेपालले कुनै अन्तर्राष्ट्रिय खेल खेलेको थिएन ।

दक्षिण एसियाली राष्ट्रहरुमा पनि नेपाल तेस्रो स्थानमै यथावत छ । एसियामा भने नेपाल ३४औं स्थानमा छ । नेपाल भन्दा अघि रहेका भारत १०४औं र माल्दिभ्स माल्दिभ्स १५५औं स्थानमा यथावत छ । यस्तै नेपाल भन्दा पछि रहेका दक्षिण एसियाली राष्ट्रहरु बंगलादेश दुई स्थान तल झर्दै १८६औं स्थानमा पुग्दा भुटान १८९औं स्थानमा यथावत छ । यस्तै पाकिस्तान २००औं र श्रीलंका २०६औं स्थानमा यथावत छ ।

विश्व वरीयताको शीर्ष १० स्थानमा कुनै परिवर्तन भएको छैन । बेल्जियम शीर्ष स्थानमा यथावत रहँदा विश्व विजेता फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इंग्लयाण्ड चौथो, पोर्चुगल पाँचौ र स्पेन छैटौं, अर्जेन्टिना सातौं, उरुग्वे आठौं, मेक्सिको नवौं र इटली दशौँ स्थानमा यथावत छन् ।

सियन राष्ट्रहरुमध्ये जापान सबैभन्दा अगाडि २७औं स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४