दावी परे पनि सबैले आवश्यक कागजातहरु पूरा नबुझाएको बिमक संघ बताउँछ । संघका अनुसार हालसम्म १२ हजार ३ सय ५१ जनाले मात्रै आवश्यक कागजातहरु पेश गरेका छन् । जसमा करिब २ हजार थप भुक्तानीको प्रक्रियामा छ । यो आजभोलि नै भुक्तानी हुने संघले बताएको छ । यो तथ्यांकले पनि अझै धेरैले भुक्तानी पाउँन बाँकी रहेको पुष्टि हुन्छ ।
अर्थमन्त्रीको निर्देशन फेल
विष्णुप्रसाद पौडेल अर्थमन्त्री भएलगत्तै ७ दिनभित्रै बिमा रकम भुक्तानी दिन निर्देशन दिए । त्यो निर्देशन बिमा कम्पनीहरुले कार्यान्वयन गर्न सकेनन् ।
गत १९ गते पुनः तीन दिनभित्रै भुक्तानी दिन अर्थमन्त्रालयले अर्को निर्देशन दियो । त्यो निर्देशन दिएको पनि चार दिन बितिसकेको छ । तर यो अवधिमा दैनिक ३ सयको औसतमा मात्रै भुक्तानी भएको छ ।
हजारौं बिमितहरु अझै पनि आशमै छन् । निजी ल्याबमा गरिएको परीक्षणको रिपोर्ट आधिकारिकता पुष्टि गरेर मात्रै भुक्तानी गर्ने भनेर रोकिएको छ । अहिले भुक्तानी नपाउनेको ठूलो संख्या निजी ल्याबकै परीक्षणवालाहरुको रहेको संघले बताएको छ ।
निजी ल्याबमा गरिएको केही परीक्षणको रिपोर्ट पुष्टि गराउन २ हजारभन्दा बढी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा पठाइएको र त्यो आउनेबित्तिकै भुक्तानी हुने उनले बताए ।
बिमा समिति भन्छ : गति लियो
बिमा समितिले भने चाँडोभन्दा चाँडो भुक्तानी दिन शुरु भइसकेको बताएको छ । केही दिनयता भने पहिलेको भन्दा धेरै चाँडो भुक्तानी भइरहेको बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।
‘सकेसम्म चाँडो भुक्तानी गर्न हामीले बिमा कम्पनीहरुलाई भनेका छौं, पहिले विविध कारणले ढिलाइ भए पनि अब भने ढिलाइ हुँदैन,’ कार्यकारी निर्देशक पौडेलले भने, ‘अब कम्पनीहरुले ढिला गर्दैनन्, रोक्ने भन्ने त झन् कुरै हुँदैन ।’
बिमा दावी भुक्तानीमा ढिलाइ हुँदा बिमा रकम पाइँदैन कि भन्ने धेरैमा आशंका छ । तर यस्तो शंका गर्नु नपर्ने निर्देशक पौडेलको भनाइ छ । प्रक्रिया पूरा गर्दा केही समय लाग्ने भए पनि कोरोना संक्रमित भएका सबै बिमितले रकम पाउने उनले बताए ।
धेरै दावीहरुको भने पूर्ण कागजातहरु आइनसकेका कारण भने समस्या भएको उनले बताए । ‘कागजात पूरा भएकाहरुको जतिसक्दो प्रक्रिया पूरा गरेर भुक्तानी कम्पनीहरुले दिन्छन्, यसमा डराउनु पर्दैन,’ उनले भने ।
