Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राजसंस्थाका लागि भएको आन्दोलनमा राप्रपाको समर्थन


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, मंसिर २२ २०७७
  • 6.2K
    SHARES

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाका लागि भएको आन्दोलनमा राप्रपाको समर्थन रहने बताएका छन् ।

सोमबार पार्टी कार्यालयमा भएको झण्डोत्तोलन तथा चुनाव चिन्ह अनावरण समारोहमा थापाले स्वःस्फूर्त रुपमा देशभर भएको आन्दोलनमा आफूहरुको ऐक्यबद्धता रहेको बताए । जनताले राजालाई ल्याउनुपर्ने भन्दै उनले अघि भने, ‘राजा आऊ देश बचाउ होइन, जनता आऊ राजा ल्याऊ देश बचाऔँ भनौं ।’

राजसंस्था र हिन्दु राष्ट्र राजनीतिक स्वार्थ नभएर देशको अस्तित्व, पहिचान र सार्वभौमिकतासँग जोडिएको विषय भएको दाबी गरे । उनले चुनाव चिन्ह हलो भएकोमा दुःख मनाउ गर्नुपर्ने अवस्था नभएको समेत बतँएका छन् । ‘हिन्दु राष्ट्रको नारा बोकेकाले गाई चुनाव चिन्ह चाहे पनि पार्टी एकताका लागि हलो स्वीकार गर्‍यौं । हामीले अवलम्बन गरेको हलोको पनि सामाजिक आर्थिक र धार्मिक महत्व छ,’ उनले थपे, ‘हलो भनेको भगवान बलरामको प्रतीक हो । हामिले यो चिन्ह कायम गर्ने सौभाग्य पायौं, यसमा आत्मग्लानी गर्नुपर्ने कारण छैन ।’

अर्का अध्यक्ष पशुपति शमशेर जबराले सरकारले सिन्को पनि नभाँचेको आरोप लगाए । ‘मुलुक अहिले नराम्रो अवस्थामा छ । दुई तिहाई सरकार दुई वर्षमा दिशाहीन उपलब्धिहीन बाटोमा छ । सरकारले सिन्का भाच्न सकेको छैन,’ उनले भने, ‘सरकारसँग केही ठोस बाटो छैन । काण्डको नाम लिन साध्य छैन ।’

यस्तै अर्का अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले राष्ट्रपति विद्यादेवी भण्डारी एउटा पार्टी र त्यसकमा पनि एउटा समूहको जस्तो मात्र देखिएको आरोप लगाएका छन् । ‘नेपालका लागि, संवैधानिक राजतन्त्रको आवश्यकता रहेको भन्दै उनले भने, ‘राष्ट्रपति एउटा पार्टीमा एउटा गुटका भए । सरकारको आफ्नालाई मात्र हेर्‍यो ।’

पूर्वप्रधानमन्त्री   लोकेन्द्र  बहादुर चन्दले पार्टीले जे निर्णय गर्छ त्यसमा आफ्नो सहमति हुने बताए ।

चारुमतीस्थित पार्टी कार्यालयमा पार्टीको झण्डोत्तोलन पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले गरेका थिए भने चुनाव चिन्ह अध्यक्ष त्रयकमल थापा, पशुपति शम्शेर जबरा र डा.  प्रकाशचन्द्र  लोहनीबाट सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४