Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दरबारमार्ग बलात्कार प्रकरण : उच्च अदालतबाट जिल्लाकै फैसला सदर


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, मंसिर २२ २०७७
  • 3.7K
    SHARES

 काठमाडौं । दरबारमार्ग सामूहिक बलात्कार घटनाका दोषीलाई जिल्ला अदालत काठमाडौंले सुनाएको कारबाहीको फैसलालाई उच्च अदालत पाटनले पनि सदर गरेको छ ।

दरबारमार्गको ल्याण्डमार्क होटलमा एक युवतीमाथि रामेछापका शैलेश कार्कीसहित ३ जनाले गरेको सामूहिक बलात्कारको घटनामा जिल्ला अदालत काठमाडौंले कार्कीविरुद्ध २०७६ कात्तिक २७ गते ५ वर्ष कैद र पीडित युवतीलाई ७ लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो । त्यस्तै काभ्रेका दीपक श्रेष्ठ र सिन्धुपाल्चोकका विकास गौचनलाई १४ महिना कैद सजाय सुनाएको थियो ।

जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत गएका उनीहरुको मुद्धामा उच्च अदालतका न्यायाधीश कुमार चुडाल र किरण पौडेलको इजलासले जिल्ला अदालतकै फैसलालाई सदर गरेको हो ।

कार्कीले पीडित युवती आफ्नो प्रेमिका भएको बताएका थिए । २०७४ माघ ७ गते युवतीलाई होटलमा बोलाएर कार्कीले आफ्ना साथीहरु पनि बोलाएका थिए । त्यस दिन कार्की र उनका साथीहरुबाट युवतीमाथि सामूहिक बलात्कार भएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४