Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

७२ अंकले बढ्यो नेप्से परिसूचक, सबै समूह हरियाली


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, मंसिर २२ २०७७
  • 4.1K
    SHARES

काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजार बढेर हरियाली देखिएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ७२ दशमलव २८ अंकले बढेर २ हजार ४ दशमलव ३९ अंकमा पुगेको छ ।

यसअघिको कारोबार आइतबार १२३ अंकले नेप्से परिसूचक घटेको थियो । आइतबारको तुलनामा सोमबार कारोबार रकम भने घटेको छ । तर कारोबार हुने कम्पनीको संख्या भने बढेको छ ।

आइतबार १९७ कम्पनीको ७ अर्ब २० करोड ९१ लाख ८० हजार रुपैयाँको कारोबार भएको थियो । सोमबार भने २०६ कम्पनीको ६ अर्ब ६६ करोड रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ ।

६० हजार ५५ वटा कारोबारबाट १ करोड १९ लाख २० हजार ८ सय १९ कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम ६ अर्ब ६६ करोड ७९ लाख ५६ हजार ८ सय ३१ रुपैयाँ पुगेको छ ।

नेप्सेमा कारोबार हुने सबै समूह बढेर हरियाली छाएका छन् । सबैभन्दा धेरै व्यापार समूह ६.५७ प्रतिशतले बढेको छ भने जीवन बिमा समूह६.०४ प्रतिशतले बढेको छ । यसैगरी बेंकिङ २.२३, होटल ३.०५, विकास बैंक २.०२, हाइड्रोपावर ५.९९, लघुवित्त४.३ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४