Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नम्रता श्रेष्ठले जितिन् ‘मिस नेपाल वर्ल्ड’को उपाधि


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, मंसिर २१ २०७७
  • 9.6K
    SHARES

काठमाडौं । कोरोना महामारीका वावजुत पनि सिमित मानिसहरुको उपस्थितीमा आयोजित ‘मिस नेपाल वर्ल्ड २०२०’को उपाधी नम्रता श्रेष्ठले जितेकी छिन् । यो बर्षको ‘मिस नेपाल वर्ल्ड’मा २० जना प्रतिस्पर्धी सहभागी थिए । देशभरबाट आएका २ सय भन्दा बढी आवेदनबाट छानिएका २० जना प्रतिस्पर्धीहरुविचको कडा प्रतिस्पर्धा काठमाण्डौको बूढानीलकण्ठमा रहेको पार्क भिलेज रिसोर्टमा आयोजना गरिएको थियो ।

कार्यक्रमको प्रमुख निर्णायक मिखा माथेमाले सोधेको–‘कल्पना गर्नुहोस् तपाई एउटा सानो ढुंगा हो । जो पोखरीमा पर्दा सुन्दर तरंग फैलिन्छ । तपाई नेपाली महिलाको जीवनमा परिवर्तनकारी तरंग कसरी फैलाउन चाहनुहुन्छ ?’ भन्ने प्रश्नमा उत्कृष्ट जवाफ दिँदै नम्रताले ताज जितेकी हुन् । नम्रताले यो प्रश्नको जवाफमा आफ्नी आमालाई सम्झिएकी थिइन् । नेपाली महिला सशक्त हुने उल्लेख गर्दै उनले नेपाली महिलाहरु सकारात्मक सोचले अगाडि बढ्ने गरेको र यसैको आधारमा संसारलाई जित्न सकिने बताएकी थिइन् ।

नम्रताले ‘मिस नेपाल वर्ल्ड’को टाइटलसँगै नगद २ लाख ५० हजार जितिन् । अब, उनले आउँदो बर्ष आयोजना हुने ‘मिस वर्ल्ड’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । प्रतिस्पर्धी २० जनामध्ये सेमीफाइनलमा १२ जना र अन्तिम प्रतिस्पर्धाका लागि ६ जना प्रतिस्पर्धी पुगेका थिए ।

यस्तै, यो बर्षको ‘मिस नेपाल सुप्रानेशनल’को उपाधि सिमल कनौजियाले जित्दा ‘मिस नेपाल अर्थ’को उपाधि सुप्रिया श्रेष्ठले जितिन् । यस्तै, ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि सन्ध्या शर्माले जित्न सफल भइन् । सिमल, सुप्रिया र सन्ध्याले टाइटलसँगै साढे २ लाख पुरस्कार प्राप्त गरेका छन् । उनीहरुले पनि अन्तरराष्ट्रिय प्लेटफर्ममा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

यो बर्ष ‘मिस नेपाल’को आयोजक संस्था ‘दि हिडेन ट्रेजर’ले नेपाल पर्यटन बोर्डसँग मिलेर ‘मिस टुरिज्म’ नामक नयाँ विधा समेत थप गरेको छ । ‘मिस नेपाल’मा प्रतिस्पर्धीहरुको मुल्यांकनको आधारमा विभिन्न सब–टाइटलमा पनि पुरस्कार प्रदान गरिन्छ ।

यो बर्षको ‘मिस ब्यूटी विथ दि प्रपोज’को उपाधि श्रद्धा शर्माले जितिन् । यस्तै, ‘मिस हेल्दी’ नग्मा सरकार, ‘मिस फोटोजेनिक’ आशिका श्रेष्ठ, ‘मिस पपुलर च्वाइस’ श्रद्धा शर्मा, ‘मिस ग्ल्यामर’ योजना भट्टराई, ‘मिस स्टाइलिस’ मेरिसा सिंह सुवाल, ‘मिस वेमन अफ सब्स्टान्स’ सन्ध्या शर्मा, ‘मिस इन्टिलेक्चुअल’ नम्रता श्रेष्ठ, ‘मिस फिटनेश’ सुवांगी खत्री र ‘मिस टुरिज्म’को टाइटल रिया श्रेष्ठले जितिन् । सब–टाइटल विजेताहरुले जनही २५ हजार प्राप्त गरे ।

यो बर्षको ‘मिस नेपाल वर्ल्ड’मा निर्णायकको रुपमा शिक्षित भट्ट, तुलिका अग्रवाल, करण वैद्य, निकिता चण्डक, पुकार मल्ल, राज राना, प्रिती सिटौला, सुमन शाक्य, स्वस्तिमा खड्का र प्रिया अधिकारी रहेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४