Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

हामी सत्ताका लागि लालायित छैनौं : कांग्रेस प्रवक्ता


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, मंसिर ८ २०७७
  • 3.7K
    SHARES

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारमा सहभागिता आफ्नो रुचीको विषय नभएको बताएको छ ।शनिबार कांग्रेस सभापति शेरबहादुर देउवासँग शनिबार भएको भेटमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सहयात्राको प्रस्ताव राखेको खबरहरु आएको थियो ।

तर कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीले सत्तामा सहभागी हुन ‘अफर’ कांग्रेसलाई गरेको हो कि भन्ने आशंका नगर्न पनि आग्रह गरे । अहिले सरकारमा सहभागिता कांग्रेसको रुचीको विषय नभएको भन्दै उनले भने, ‘हामी सत्ताका लागि लालायित छैनौं, ५ वर्षका लागि प्रतिपक्षीमा रहने जनादेश छ ।’

नेकपाभित्रको द्वन्द्वमा आफूहरु निरपेक्ष रहेको भन्दै उनले आफ्नो जोडघटाउमा प्रतिपक्षी टाउको गणना नगर्न आग्रह गरेका छन् ।

भोलिको दिनमा नेकपा कुन बाटोमा जान्छ भन्ने टुंगो नभएको भन्दै शर्माले अहिले धेरै चासो राख्नुपर्ने अवस्था नरहेको बताए । ‘सत्तारुढ दलमा केही द्वन्द्व भयो भन्दैमा कांग्रेसले सत्ताका लागि खुट्टा उचालिहालेको वा अलिकति उज्यालो अनुहारका साथ सिंहदरबारतिर हेरेको नसोच्न आग्रह गर्दछु,’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४