Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

खाद्यको सहुलियत पसल अब माघीसम्म


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, मंसिर ८ २०७७
  • 6.8K
    SHARES

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सञ्चालनमा ल्याएको चाडपर्व लक्षित सुपथ मूल्य पसल माघी पर्वसम्म सञ्चालन हुने भएको छ ।

कोभिडको असर बाँकी नै रहेको र दशैं, तिहार तथा छठमा लक्ष्यअनुसारको बिक्री नभएपछि माघी पर्वसम्म सहुलियत पसल सञ्चालन गर्ने निर्णय गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ ।

‘सधैंको जस्तै यो वर्ष पनि छठको भोलिपल्ट (मंसिर ७) सम्म मात्रै सहुलियत पसल चलाउने भन्ने यसअघिको निर्णय सच्याइएको छ, अब माघ २ गतेसम्म सहुलियत पसल खुल्ने छ,’ कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले भनिन् । सो अवधिसम्म दशैंअघि सञ्चालनमा आएका सबै आउटलेटबाट नियमित कारोबार हुने उनको भनाइ छ ।

मंसिर सात गतेसम्म संस्थानले १० हजार २७ क्वीन्टल खाद्य बस्तु बिक्री गरेको जनाएको छ । सो अवधिमा उपभोक्तालाई दिइएको छुट बापतको रकम ८७ लाख भएको सूचना अधिकारी न्यौपानेले बताइन् । हालसम्मको कुल कारोबार रकम भने केही दिनमा आउने कम्पनीले जनाएको छ ।

कम्पनीले चामल, तिते फापर, कर्णालीको सिमी, इन्डक्सन चुल्हो, डिडिसीको घ्यू, साल्ट ट्रेड्रिङको पिठो लगायतका चीज बिक्री गर्दै आएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको संयोजनमा दूग्ध विकास संस्थान र साल्टट्रेडिङसँग मिलेर देशभर ४६ भन्दा धेरै सुपथ मूल्य पसल असोज १५ गतेदेखि सञ्चालनमा ल्याइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४