Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विप्लव समूहको पुनर्गठन दिवस लक्षित गरेर सुरक्षा व्यवस्था कडा


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, मंसिर ७ २०७७
  • 5.2K
    SHARES

काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सातौं पुनर्गठन दिवस मनाइरहँदा नेपाल प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ ।

प्रहरीको विशेष ब्युरोले विप्लव समूहका नेतामाथि निगरानी बढाएको छ भने सडकमा समेत सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले पनि चेकजाँच र प्रहरी उपस्थितिमा कडाइ गरिएको बताए ।

सशस्त्र प्रहरीले पनि ठाउँठाउँमा टोली परिचालन गरेको छ । सादा पोशाकका टोली पनि परिचालित छन् । राष्ट्रिय अनुसन्धान विभागले पनि समूहका सम्भावित गतिविधिमाथि निगरानी बढाएको छ ।

विप्लव समूहले आफ्नो पुनर्गठन दिवस ६, ७ र ८ मंसिरमा देशभर प्रदर्शन सभा र उत्सव मनाउने घोषणा गरेको छ । त्यसक्रममा कुनै अप्रिय एवं आपराधिक क्रियाकलाप पनि हुनसक्ने विश्लेषणसहित सुरक्षा व्यवस्था कडा पारिएको हो ।

ब्युरोले अर्थ विभागका सदस्य प्रेम दर्नाल ‘विकल्प’ र सञ्जिव नेपाली ‘सुवर्ण’लाई समेत पक्राउ गरेको छ । समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले एक विज्ञप्ति जारी गर्दै दुवैको रिहाइको मागसमेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४