Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, मंसिर २ २०७७
  • 7.4K
    SHARES

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । काठमाडौंका ५ जना, भक्तपुरका २ जना तथा मकवानपुर, धादिङ, चितवन, मोरङ, बारा, पर्सा, गोरखा, बाँके र कञ्चनपुरका एक/एक जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालय तथा सम्बन्धित अस्पतालहरुले जनाएका छन् ।

  • काठमाडौंकी ८० वर्षीया महिलाको मंगलबार मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएपछि १ मंसिरमा अस्पताल भर्ना भएको उनलाई सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा मिर्गौलामा सम्बन्धी रोग र कोलस्ट्रोलको समस्या पनि थियो ।
  • काठमाडौंका ७२ वर्षीय पुरुषको सोमबार मृत्यु भधएको छ । निमोनिया भएर २८ कात्तिकमा अस्पताल भर्ना भएका उनलाई कोरोना संक्रमण भएको १ मंसिरमा मात्र पुष्टि भएको थियो ।
  • काठमाडौंका ७३ वर्षीय पुरुषको सोमबार मृत्यु भएको छ । २४ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएका उनी मुटुसम्बन्धी समस्या देखिएपछि ३० ते अस्पताल भनर्जा भएका थिए । उनी मधुमेह र मिर्गौलासम्बन्धी रोगका बिरामी समेत थिए ।
  • काठमाडौंकी ७३ वर्षीया महिलाको ३० कात्तिकमा मृत्यु भएको छ । निमोनिया भएर २५ कात्तिकमा अस्पताल भर्ना भएकी उनलाई २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • काठमाडौंका ७२ वर्षीय पुरुषको ३० कात्तिकमा मृत्यु भएको छ । उनी निमोनिया र श्वासप्रश्वासमा समस्या भएर २७ गते अस्पताल भर्ना भएका थिए ।
  • भक्तपुरकी ७७ वर्षीया महिलाको सोमबार मृत्यु भएको छ । उनलाई २२ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो भने निमोनिया र मुटुसम्बन्धी समस्या आएर २३ गते अस्पताल भर्ना भएकी थिइन् ।
  • ३० कात्तिकमा मृत्यु भएकाभक्तपुरका ८४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उनी निमोनिया भएर २९ कात्तिकमा अस्पताल भर्ना भएका थिए भने १ मंसिरमा कोरोना पोजेटिभ रहेको रिपोर्ट आएको थियो ।
  • मकवानपुरका ४८ वर्षीय पुरुषको सोमबार मृत्यु भएको छ । उनी निमोनिया र श्वासप्रश्वासमा समस्या भएर १ मंपरिमा अस्पताल भर्ना भएका थिए भने सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई अन्य रोग थिएन ।
  • धादिङका ६४ वर्षीय पुरुषको सोमबार मृत्यु भएको छ । मिर्गौलासम्बन्धी रोग भएका उनी निमोनिया र श्वासप्रश्वाससम्बन्धी समस्या लिएर १७ कात्तिकमा अस्पताल भर्ना भएका थिए ।
  • भरतपुर महानगरपालिका–३, चितवनका ८१ बर्षीय पुरूषको मंगलबार भरतपुर अस्पतालमा मृत्यु भएको छ । उनी ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि २८ कात्तिकमा अस्पताल भर्ना भएका थिए ।
  • मिक्लाजुङ,मोरङकी ७५ वर्षीया महिलाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा मृत्यु भएको छ । ८ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएकी उनलाई सोही दिन अस्पताल भर्ना गरिएको थियो ।
  • बारागढी गाउँपालिका–२, बाराका ७६ वर्षीयको मंगलबार मृत्यु भएको छ । २७ कात्तिकमा कोरोन संक्रमण पुष्टि भएका उनइ नेशनल मेडिकल कलेजको होटल आइसोलसनमा भर्ना भएका थिए । उनमा् दम र मिर्गौलासम्बन्धी रोग थियो ।
  • वीरगञ्ज महानगरपालिका–१५, पर्साकी ६५ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
  • पालुङटार नगरपालिका–७, गोरखाका ८३ वर्षीय पुरुषको मंगलबार गोरखा अस्पतालमा मृत्यु भएको छ । दुई हप्ता अघि कोरोना संक्रमण पुष्टि भएका उनी २७ कात्तिकमा अस्पताल भर्ना भएका थिए । उनी फोक्सोको क्यान्सरका बिरामी पनि थिए ।
  • कोहलपुर नगरपालिका–५, बाँकेका ५८ वर्षीय पुरुषको मंगलबार मृत्यु भएको छ । ३० कात्तिकमा कोरोना संक्रमण पुष्टि भएका उनी श्वासप्रश्वासमा समस्या भएपछि नेपालगञ्ज मेडिकल कलेजमा भर्ना भएका थिए । निमोनिया भएका उनलाई मंगलबार थप उपचारका लागि भेरी अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको छ ।
  • भीमदत्त नगरपालिका–५,कञ्चनपुरका ७४ वर्षीय पुरुषको सोमबार भेरी अस्पतालमा मृत्यु भएको छ । महाकाली अस्पतालबाट रिफर भएर भेरी आएका उनलाई कोरोना संक्रमण भएको २३ कात्तिकमा पुष्टि भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४