Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बेलायत पढ्न जानेका लागि शताक्षीले शुक्रबार भर्चुअल इन्फरमेशन सेशन गर्ने


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असोज २९ २०७७
  • 5.5K
    SHARES

काठमाडौं । काठमाडौंको डिल्लीबजारमा रहेको शताक्षी एजुकेशनल फाउण्डेसनले बेलायतको युनिभर्सिटी अफ चेस्टरमा अध्ययन गर्न चाहने विद्यार्थीहरुको सुविधाका लागि भर्चुअल इन्फरमेशन सेसन गर्ने भएको छ ।
फाउण्डेसनका प्रवन्ध निर्देशक उमेश ढुंगेलका अनुसार आगामी शुक्रबार नेपाली समय अनुसार दिउँसो ३ बजेदेखि ४ बजेसम्म सेसन हुने छ । प्रवन्ध निर्देशक ढुंगेलले सेसनमा विद्यार्थीलाई सहभागी हुन अनुरोध गरेका छन् । जसका लागि ०१–४४४३७८२, ९८१८०५९८७६ वा ९८५१००२५५९ मा सम्पर्क गर्न पनि आग्रह गरिएको छ । ‘यो सेसन विद्यार्थीका लागि निकै फलदायी हुनेछ त्यसैले यो असहज अवस्थाका बीच पनि कार्यक्रम आयोजना गरेका हौं’ ढुंगेलले भने ‘ युनिभर्सिटी अफ चेस्टर बेलायतको उत्कृष्ठ कलेज हो त्यसैले पनि हामीले विशेष पहल गरेका हौं ।’ सेशनमा विद्यार्थीले युनिभर्सिटीको बारेमा, कोर्षको सम्वन्धमा साथै अन्य सबै खालका जानकारी पाउने छन् ।
शताक्षीले १४ वर्षअघिबाट विदेशमा अध्ययन गर्न चाहने र जाने विद्यार्थीका लागि उपयुक्त र सही सल्लाह दिँदै आएको छ । १० देशका ३ सय ५० भन्दा बढी विश्वविद्यालयसँग मिलेर सहकार्य गर्दै आएको शताक्षीले अध्ययनका क्रममा विद्यार्थीलाई केही समस्या परे तत्काल समाधान पनि खोज्दै आएको छ । अनलाइन काउन्सिलिङ, टेलिफोन सम्वादका साथै अन्य प्रविधि प्रयोग गरी उसले विद्यार्थी र अभिभावकलाई सही सूचना पनि दिने गरेको छ । ‘विद्यार्थी पठाउँदैमा मात्र हाम्रो जिम्मेवारी सकिँदैन, उ कहाँ गएको छ र कसरी के के पढ्दैछ भन्नेमा पनि हाम्रो चासो रहन्छ’ प्रवन्ध निर्देशक ढुंगेलले भने ‘कहिलेकाँही हतारमा विद्यार्थी जाने र त्यतिबेला पर्याप्त इन्फरमेशन पनि नलिने भएकाले भने कहिलेकाँही समस्या परेको छ तर कुनै पनि निर्णय हतारमा गर्नु राम्रो होइन ।’
सेशनमा युनिभर्सिटीकी इन्टरनेशनल अफिसर इला सिद्धिकीसँग विद्यार्थीले भर्चुअच संवाद गर्न पाउने छन् । यो युनिभर्सिटीमा ३ सय भन्दा बढी कोर्षमा गुणस्तरीय पढाई हुँदै आएको छ । सन् १८३९ देखि युनिभर्सिटीले विद्यार्थी पढाउँदै आएको हो । सन् २०२० मा स्टुडेन्ट क्राउडले गरेको एक अध्ययनमा चेस्टर युनिभर्सिटी बेलायतको उत्कृष्ट २० मध्ये परेको थियो । त्यस्तै अन्तर्राष्ट्रिय विद्यार्थी पढ्ने हिसावले यो बेलायतकै दोस्रो नम्बरमा पर्दछ ।
चेस्टर युनिभर्सिटीका क्विन्स पार्क, पार्केट रोड, रिभर साइड क्याम्पस चेस्टर, किंग्स वे क्याम्पसलगायतका अन्य क्याम्पस पनि छन् । जहाँ विद्यार्थीले विभिन्न विषयमा विषयगत शिक्षा पाउँछन् । ढुंगेलले त्यहाँको शैक्षिक, आवास, खानपीनलगायतको उत्कृष्ट वातावरण र विद्यार्थीमैत्री क्रियाकलाप हुने गरेको पनि स्पष्ट पारेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४