Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोलकाताले चेन्नाईलाई १० रनले हरायो


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असोज २२ २०७७
  • 4.8K
    SHARES

काठमाडौं । ओपनर राहुल त्रिपाठीको उत्कृष्ट प्रदर्शनको मद्दतमा कोलकाता नाइट राइडर्सले चेन्नाई सुपर किंग्सलाई १० रनले हराएको छ ।आईपीएल क्रिकेट अन्तर्गत गएरातिको खेलमा कोलकाताले चेन्नाईलाई जितका लागि १६८ रनको चुनौति दिएको थियो । चेन्नाईको टोलीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १५७ रन मात्रै बनाउन सक्यो ।

कोलकाताको जितमा ओपनर राहुल त्रिपाठीले सर्वाधिक ८१ रन बनाए । ५१ बल सामना गरेका उनले ८ चौका र ३ छक्का प्रहार गरे । उनी म्यान अफ द म्याच भए ।चेन्नाईलाई जितका लागि अन्तिम ओभरमा २६ रन चाहिएको थियो । तर आन्द्रे रसेलले १५ रनभन्दा बढी दिएनन् । चेन्नाईको सुरुवात राम्रो थियो । उसले १० ओभरमा एक विकेट मात्रै गुमाएर ९० रन बनाएको थियो । तर त्यसपछिको बाँकी १० ओभरमा चेन्नाईले मात्रै ६७ रन बनाउन सक्यो ।

चेन्नाइका लागि शेन वाटसनले ५० रन बनाए । तर चौथो नम्बरमा ब्याटिङ गर्न आएका कप्तान महेन्द्र सिंह धोनीले ११ रन मात्रै बनाए । धेरै रन बटुल्न आवश्यक परेको बेला केदार जाधवले १२ बलमा मात्र ७ रन बनाउन सके । उनले खाता नै छैठौं बलमा खोलेका थिए ।अम्बाती रायडुले ३० तथा फाप डु प्लेसिस र साम कुरानले समान १७–१७ रन बनाए । रविन्द्र जडेजा २१ रनमा नटआउट रहे ।

यसअघि अबुधाबीमा पहिले टस जितेर ब्याटिङ रोजेको कोलकाताले निर्धारित २० ओभरमा १६७ रन बनाएको थियो । उसको एकमात्र विकेट अन्तिम बलमा गुमेको थियो ।कोलकाताका ओपनर राहुल त्रिपाठीबाहेक अन्य ब्याट्सम्यानहरुले राम्रो खेल प्रदर्शन गर्न सकेनन् । प्याट कमिन्सनले नटआउट १७ रन बनाए । सुनिल नरेनले पनि १७ रन नै बनाए । कप्तान दिनेश कार्तिक, इयान मोर्गान र आन्द्रे रसेलले कुनै कमाल देखाउन सकेनन् ।

चेन्नाईका लागि ड्वेन ब्राभोले ३ विकेट लिए । साम कुरान, शार्दुल ठाकुर र करण शर्माले २–२ विकेट लिए । दीपक शर्मा चेन्नाईका सबैभन्दा महँगा बलर बने । उनले चार ओभरमा ४७ रन खर्चिए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४