Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ज्वाइँले छोरो बनेर नागरिकता लिएपछि …


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असोज २१ २०७७
  • 6.4K
    SHARES

सुर्खेत ।  दाङको बबई गाउँपालिका-७ का इमाम बक्स मियाँ २१ वर्ष पुग्दा पनि अनागरिक थिए । अर्थात उनीसँग नागरिकता थिएन ।इमामले आफ्नै बुवाको नामबाट दाङमा नागरिकता लिन पटकपटक पहल गरे तर पाएनन् । जन्मका आधारमा नागरिकता नपाउने भएकोले उनी बञ्चित भए ।

अन्ततः इमामले गलत बाटो प्रयोग गरेरै २०७५ भदौ २४ गते नागरिकता लिए । आफ्नै ससुरालाई बुवा बनाएर इमामले नागरिकता लिएको पाइएको छ ।ससुराको नामबाट नागरिकता लिएको खुलेपछि इमाम र उनका ससुरा सल्यानको छत्रेश्वरी गाउँपालिका-७ का ४६ वर्षीय मुस्ताज मियाँ पक्राउ परेका छन् ।

नागरिकता लिदा इमामले आफ्नो नाम पनि बदलेका छन् । सक्कली नाम इमाम भए पनि नागरिकता लिदा समिर नामबाट लिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता लक्ष्मण ओलीले जानकारी दिए ।दाङबाट पटक-पटक नागरिकताको लागि पहल गर्दा नबनेपछि ससुरालाई बुवा बनाएर नागरिकता लिएको पाइएको र १५ दिन म्याद थप गराएर अनुसन्धान सुरु गरिएको प्रवक्ता लक्ष्मण वलीले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४