Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दाङ राजधानी बनाउने निर्णयप्रति पाल्पा र गुल्मीका जनप्रतिनिधिहरूको खेद ब्यक्त !


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असोज १६ २०७७
  • 3.7K
    SHARES

गुल्मी र पाल्पाका स्थानीय तहका प्रमुखहरूले दाङको देउखुरीमा प्रदेशको राजधानी बनाउने प्रदेश ५ सरकारको निर्णयप्रति खेद प्रकट गरेका छन्।प्रदेश सरकारका मुख्यमन्त्री र केही सांसदहरूको राजनीतिक स्वार्थका लागि आर्थिक, भौगोलिक तथा व्यापारिक सबै हिसाबले केन्द्रमा रहेको रुपन्देहीलाई छोडेर दाङ राजधानी बनाउन गरिएको निर्णय आफूहरूको लागि भने दुर्भाग्य भएको उनीहरूले बताए।भौगोलिक हिसाबले टाढा रहेको गुल्मीको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले गुल्मीको भौगोलिक अवस्थाको विचार नगरी प्रदेश सरकारले गरेको निर्णय गुल्मेली जनताको लागि दुर्भाग्य भएको बताए।

‘हामीलाई पोखरा पुग्न जम्मा दुई घण्टा लाग्छ, अहिले पनि बुटवल पुग्न ५ घण्टा समय लाग्छ अब दाङ राजधानी बनाइयो भने कालीगण्डकीबाट राजधानी पुग्न ८ घण्टा समय लाग्ने छ,’ उनले भने। बाँके र बर्दियाबाट ४/५ घण्टामा आउन सकिने बुटवल छेउ भयो भन्नेहरूले आफूहरूको भौगोलिक अवस्थाप्रति भने बेवास्ता गरेको उनले बताए। 

‘हाम्रो भावनाविपरीत सरकारले गरेको निर्णय खेदजनक छ, म सबै गाउँपालिकाका बासिन्दाको तर्फदेखि सरकारको उक्त निर्णयप्रति खेद व्यक्त गर्छु,’ थापाले जन न्युज नेपाल खवरसँग भने। कालीगण्डकी गाउँपालिका प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालको गृहजिल्ला समेत हो। थापा नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन्। त्यस्तै, पाल्पाको रामपुर नगरपालिका अध्यक्ष रमण बहादुर थापाले प्रदेश राजधानी दाङमा लगिए रामपुरको विकास पछाडि धकेलिने बताए। पाल्पा जिल्लामा रहे पनि रामपुर भौगोलिक हिसाबले समेत अत्यन्त दुर्गम र टाढा रहेकाले दाङ राजधानी बनाइए प्रदेश सरकारसँगको सम्बन्ध टुट्ने बताए।

‘दाङ राजधानी लगियो भने हामीहरू अत्यन्त अप्ठ्यारोमा पर्नेछौं, हाम्रो विकासको गति पछाडि धकेलिने छ,’ उनले भने। रामपुर नगरपालिका पुग्न पाल्पाको सदरमुकाम तानसेनदेखि ५६ किलोमिटर पूर्वतर्फ पुग्नुपर्छ। देशको आर्थिक अवस्था चरम संकटमा परेको अवस्थामा रुपन्देहीमा भएका संरचना छोडेर शून्यबाट प्रदेश राजधानीको लागि संरचना तयार गर्ने अहिले समय नभएको उनले बताए।त्यस्तै, पाल्पाकै निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले दाङ राजधानी लैजाने सरकारको निर्णयविरूद्ध गाउँपालिकाहरूले विरोध गर्ने बताएका छन्। उनले रुपन्देहीदेखि राजधानी सार्नैपर्ने भए कपिलवस्तुसम्म ठीकै भए पनि दाङ आफूहरूको लागि अत्यन्त अपायक र छेउ पर्ने बताए।

रुपन्देहीलाई छेउ भन्नेहरूले नै गुल्मी, पाल्पा र नवलपरासीका पालिकाहरूको भौगोलिक अवस्थाप्रति बेवास्ता गर्दै छेउमा राजधानी बनाउने निर्णय गर्नु गलत भएको उनले बताए।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४