काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ७२२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १४ हजार ७३९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
उनीहरुमध्ये १ हजार ६३८ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंका १२८० जना,, भक्तपुरमा १९६ र ललितपुरका १६२ जनामा संक्रमण पुष्टि भएको हो ।