Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कमजोर ब्याटिङ गर्दा राजस्थानले शीर्ष स्थान गुमायो


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असोज १५ २०७७
  • 4.1K
    SHARES

एजेन्सी /आइपीएल  राजस्थान रोयल्सले अंक तालिकाको शीर्ष स्थान गुमाएको छ। बुधबार राति भएको खेलमा राजस्थानलाई कोलकता नाइट राइडर्सले ३७ रनले पराजित गरेको हो। सुरुवाती दुई खेलमा लगातार जित निकालेको राजस्थान यसअघि रनरेटमा शीर्ष स्थानमा थियो। पराजयसँगै राजस्थानले शीर्ष स्थान दुई अंकको अग्रता लिने अवसर पनि खेर फाल्यो। 

राजस्थान पराजित भएसँगै दिल्ली क्यापिटल्स ३ खेलबाट ४ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा छ।

राजस्थानलाई हराएर दोस्रो स्थानमा पुगेको कोलकताको पनि ४ अंक नै छ। राजस्थान भने ४ अंकसहित अंक तालिकाको तेस्रो स्थानमा झरेको छ। बुधबार पहिले ब्याटिङ गरेको कोलकताले ६ विकेटको क्षतिमा १७४ रन जोड्यो। उसका लागि शुममान गिलले ४७ रनको योगदान गरे। उनले ३४ बलमा ५ चौका र १ छक्का हिर्काए।आन्द्रे रसेलले २४ रन जोडे भने इयान मोर्गानले नटआउट ३४ रनको योगदान दिए। मोर्गानले २३ बलमा १ चौका र २ छक्का प्रहार गरेका थिए। 

बलिङमा राजस्थानका जोफ्रा आर्चरले २ विकेट लिए। 

१७५ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ९ विकेटको क्षतिमा १३७ रन मात्र जोड्यो। राजस्थानका लागि तीन ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन जोडे। टम कुराले नटआउट ५४ रन जोड्दा राहुल टेवाटियाले १४ रन जोडे।ओपनर जोस बटलरले २१ रन बटुल्दा त्यसपछिका चार ब्याट्सम्यानले कुल १४ रन रन जोडेका थिए।

राजस्थानको इनिङ ध्वस्त पार्ने क्रममा कोलकताका शिभम् मावी, कमलेस नगरकोटी र वरुण चक्रवर्तीले समान २-२ विकेट लिए। चार ‌ओभरमा २० रन खर्चिएका शिभम् प्लेयर अफ दि म्याच भए।आइपिएलमा बिहीबार राति किंग्स ११ पञ्जाव र मुम्बई इन्डियन्सबीच खेल हुनेछ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४