Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सबैकालागी पर्यटनः पहुचयोग्य विश्वब्यापी पर्यटनको प्रवर्धन भन्ने नारासहित हरेक वर्ष सेप्टेम्वर २७ का दिन अन्तराष्ट्रिय पर्यटन दिवस मनाइदै ।


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज ११ २०७७
  • 6.6K
    SHARES

सबैकालागी पर्यटनः पहुचयोग्य विश्वब्यापी पर्यटनको प्रवर्धन भन्ने नारासहित हरेक वर्ष सेप्टेम्वर २७ का दिन अन्तराष्ट्रिय पर्यटन दिवस मनाइन्छ ।

पर्यटन क्षेत्र वास्तवमा देशको लागी आर्थिक मेरुदण्डका रुपमा लिने गरिन्छ । तर यस वर्ष भने कोरोना भाइरसको महामारीका कारण पर्यटन व्यवसाय ठप्प रहेको छ । पर्यटन व्यवसाय ठप्प  हुदा पर्यटन मजदुरहरुको जीविकामै गम्भीर समस्या पर्दा पनि पर्यटन क्षेत्रका मजदुरको अधिकार र अस्तित्व रक्षाका लागि कुनै पनि काम नगरेको भन्दै पर्यटन मजदुर संघर्ष समितिले आइतबार पर्यटन बोर्ड अघि नाराबाजीसहित प्रर्दशन गरको छ । पर्यटन मजदुर संघर्ष समितिले पर्यटन मजदुरको सुरक्षा तथा रोजीरोटीको सुनिश्चितताको माग लगायतका प्लेकार्ड प्रदर्शन गरेका छन् । आन्दोलित पर्यटन मजदुरले आफूहरुको हितमा पर्यटन मन्त्रीले र नेपाल पर्यटन बोडले  कुनै पनि काम गर्न नसकेको भन्दै राजीनामा माग गरेको छन् । 

पर्यटन मजदुरले पटक पटक सरकार समक्ष माग राखेको भएता पनि त्यस तर्फ सरोकारवाला निकाय र सरकार कसैको पनि ध्यान जान नसकेको हुदा आन्दोलन गनुपर्ने अवस्था सिर्जना भएको पर्यटन मजदुर संघर्ष समितिका अध्यक्ष प्रकाश घायल राईले जिकिर गरेका छन्।

।

नेपालको पर्यटन क्षेत्रको रक्षाका लागि सरकारले काम गर्न नसकेको भन्दै छिटो भन्दा छिटो सदाका लागि पर्यटन मजदुरको रोजीरोटी ग्यारेन्टी गर्नुपर्ने पर्यटन मजदुर संघर्ष समितिका सल्लाहकार राम मगरको भनाइ रहेको छ  बाइट

पर्यटन व्यवसायलाई धान्न पर्यटन मजदुरहरुको ठुलो भुमिका रहने भएता पनि लक डाउनका कारण ६ महिना देखि पर्यटन मजदुरहरु घरमै थुनिदा पनि पर्यटन मजदुरका लागी सरकारले निरुत्साहित गरेको भन्दै आइतबार पर्यटन दिवस भए पनि आफूहरुका लागि यो कालो दिन रहेको मजदुरहरुले बताएका छन् ।

नेपालाई पर्यटन क्षेत्रमा आर्थिक रुपमा  चलायमान बनाउन, व्यवसायलाई क्रियाशील बनाई यसमा आश्रित तथा कार्यरत जनशक्तिलाई उत्साहित गर्ने र यस्तो  अवस्थालाई सहजतातर्फ उकास्न सबै सरोकारवाला पक्षले ध्यान दिन आवश्यक छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४