Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोरोना परीक्षणमा दोब्बर शुल्क लिँदै स्टार अस्पताल


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज ११ २०७७
  • 3.6K
    SHARES

सरकारले २८ भदौमा पिसिआर परीक्षणको शुल्क चार हजार पाँच सयबाट घटाएर दुई हजार कायम गरेको छ । कुनै पनि अस्पतालले योभन्दा बढी शुल्क लिन नपाउने निर्णय गरेको भएता पनि स्टार अस्पतालले भने स्वास्थ्य मन्त्रालयकै संरक्षणमा सरकारले तोकेकोभन्दा झन्डै दोब्बर शुल्क असुलेको पाइएको छ । कोरोना भाइरसको संक्रमण पत्ता लगाउन गरिने आरटी–पिसिआर परीक्षणका लागि काठमाडौंको स्टार अस्पतालले सरकारले शुल्क घटाएयताको १३ दिनमा मात्रै एक करोड २८ लाखभन्दा बढी शुल्क असुल गरेको र सरकारले तोकेको भन्दा झन्डै दोब्बर शुल्क लिइरहेको पाइएको छ । । स्टारले प्रतिनमुना तीन हजार आठ सय ९९ रुपैयाँ लिएको बिल फेला परेको छ । यो सरकारले तोकेको मूल्यभन्दा एक हजार आठ सय ९९ रुपैयाँ बढी रहेको छ ।
सरकारले दुई हजार शुल्क तोकेको १३ दिनको भएको छ । यो अवधिमा मात्रै स्टारले ६ हजार सात सय ८० वटा नमुना परीक्षण गरेको स्वास्थ्य मन्त्रालयलाई बुझाएको रिपोर्टमा देखिन्छ । सरकारले तोकेको शुल्कमा परीक्षण गर्दा एक करोड ३५ लाख ६० हजार रुपैयाँ हुन्छ । तर, स्टार अस्पतालले एक करोड २८ लाख ७५ हजार दुई सय २० रुपैयाँ बढी असुल गरेको छ ।
स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार स्टार अस्पतालले प्रत्येक दिन चार सयभन्दा बढी नमुना परीक्षण गरिरहेको छ । पछिल्लो २४ घन्टामा मात्रै स्टार अस्पतालमा सात सय २१ वटा नमुना परीक्षण गरिएको छ । जसबाट एकैदिनमा सरकारले तोकेभन्दा १३ लाख ६९ हजार एक सय ७९ रुपैयाँ बढी उठाएको छ । नयाँपत्रिका दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४