Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

५ गोल भएको विवादास्पद खेलमा रियल म्याड्रिडको सानदार जित


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज ११ २०७७
  • 3.5K
    SHARES

 

स्पेनिस ला लिगाअन्तर्गत विवादस्पद खेलमा साविक विजेता रियल म्याड्रिडले जित हात पारेको छ रियलले पुनरागमन जित निकाल्ने क्रममा रियल बेटिसलाई ३-२ गोलले पराजित गरेको हो। १४ मिनेटमा भेल्भेर्डको गोलबाट रियलले खेलमा पहिले अग्रता लिएको थियो। ३५ मिनेटमा मन्डीले बेटिसका लागि बराबरी गोल फर्काए। दुई मिनेटपछि बेटिसले खेलमा अग्रता लिन सफल भयो। विलियम कार्भाल्होले ३७ मिनेटमा गोल गर्दै टिमलाई २-१ ले अघि बढाए। 

दोस्रो हाफ सुरु भएको तेस्रो मिनेटमा बेटिसले आत्मघाती गोल गर्दा रियललाई फाइदा पुग्यो। बेटिसका सोउजा जुनियरले ४८ मिनेटमा आफ्नै पोस्टमा गोल गरेपछि खेल २-२ को बराबरीमा आयो। 

६७ मिनेटमा उनै सोउजाले रातो कार्ड पाउदा बेटिस १० खेलाडीमा सीमित भयो। भिएआरमार्फत उनलाई रातो कार्ड दिइएको थियो। रियलका लुका मोड्रिचलाई फल गरेपछि रेफ्रीले भिएआर प्रयोग गरेका थिए। ८२ मिनेटमा रियललाई भिएआरमार्फत नै पेनाल्टी दिने निर्णय गरियो। रियल बेटिसका मार्क बर्ट्राको पखुरामा बलले लागे पनि ह्यान्ड लिइएको भन्दै बेटिसले विरोध गरेको थियो। जसका कारण खेल विवादित बन्यो। प्राप्त पेनाल्टीमा सर्जियो रामोसले गोल गर्दा रियलले ३-२ ले अग्रता लियो। 

सिजनमा रियलको यो पहिलो जित हो। यसअघि पहिलो खेलमा रियललाई रियल भलडोलिडले बराबरीमा रोकेको थियो। लिगमा बार्सिलोनाले आइतबार आफ्नो पहिलो खेलमा भिल्लारियलसँग खेल्दैछ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४