आन्तरिक पर्यटन प्रवर्द्धनका लागि साताको दुई दिन बिदा दिने तयारी
जन प्रहार
प्रकाशित मिति
बिहिबार, असोज ८ २०७७
3.9K
SHARES
,आन्तरिक पर्यटन प्रवर्द्धनका लागि साताको दुई दिन बिदा दिने तयारी
पर्यटनमन्त्री योगेश भट्टराईको संयोजकत्वमा बिहीबार बसेको मन्त्रिस्तरीय बैठकले साताको दुई दिन विदाका लागि अध्ययन कार्यदल बनाउने निर्णय गरेको हो । मन्त्रालयका सहसचिव तथा पर्यटन महाशाखाका प्रमुख प्रदीपकुमार कोइरालाको संयोजकत्वमा गठित कार्यदलमा पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मी सदस्य छन् । समितिमा अर्थ, गृह र सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि समेत राखेर कार्यदलले अध्ययन गर्नेछ । मन्त्रालयका अनुसार कार्यदलले प्रस्ताव तयार गरेलगत्तै मन्त्रिपरिषदमा पेश गरिने जनाएको छ ।