सरकारले तेस्रो मुलुकबाट ल्याउने छोकडामा प्रतिबन्ध लगाएपछि साढें सात करोडको छोकडा बन्दरगाहमा रोकियो ।
नेपाल सरकारले चैत १६ गतेपछि आएको छोकडा नल्याउने निर्देशन दिएपछि सो छोकडा बन्दरगाहमै रोकिएको छ । तेस्रो मुलुकबाट सुक्खा बन्दरगाह हुँदै नेपाल प्रवेश गर्ने छोकडामा प्रतिबन्ध लगाएपछि साढे सात करोड मूल्य बराबरको ५० कन्टेनर छोकडा वीरगञ्जमा रोकिएको सुक्खा बन्दरगाह भन्सार कार्यालय सिर्सियाका निर्मित प्रमुख जगदिश पुर्वेले जानकारी दिनुभएको छ ।
सिर्सियाका निर्मित प्रमुख पुर्वेका अनुसार सरकारले सो छोकडा छोड्ने वा नछोड्ने भन्नेबारे कुनै निर्देशन नदिएको हुदा जाँच पास हुन नसकेको बताए ।
विदेशी मुद्रा सञ्चितिमा दबाब बढेको भन्दै नेपाल सरकारले गत चैत १६ गते यता मरिच, केराउ र सुपारी नेपाल भित्रिए पनि छोकडा भने विगत पाँच महिनाभन्दा लामो समयदेखि बन्दरगाहमा रोकिएको आयातकर्ता नगनित अग्रवालले बताउन्छन् ।उनी भन्छन बन्दरगाहमा आइसकेका छोकडाको जाँच पासमा रोक लगाएपछि कच्चा पदार्थको रुपमा रहेको छोकडा सडेर बिग्रिन थालेको छ ।
सरकारले केराउ, मरिच र सुपारी जुन प्रक्रियाबाट नेपाल ल्याएको थियो त्यहि प्रक्रियाबाट छोकडा पनि ल्याउनु पर्ने व्यवसायीहरुको माग रहेको छ ।