Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

वामदेव गौतम राष्ट्रिय सभा सदस्य मनोनित


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असोज १ २०७७
  • 12.2K
    SHARES

जन न्युज नेपाल खवर प्रतिनिधि काठमाडौँ !

नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभा सदस्य मनोनित भएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार दिउँसो गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनित गरेकी हुन्।गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न सिफारिस गरेको थियो। सिफारिस अनुसार राष्ट्रपतिज्यूले उहाँलाई मनोनित गर्नुभएको छ। अब उक्त सूचना संसद सचिवालयमा जान्छ। राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले भने। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले बुधबार गौतमको सिफारिस शितल निवास पठाएको थियो।

राष्ट्रपतिबाट मनोनित हुने १ जना सांसद गत फागुनदेखि राष्ट्रिय सभामा खाली रहेको छ।फागुन १४ गते बसेको सचिवालय बैठकले गौतमको नाम पठाउन सुझाव दिएपनि प्रधानमन्त्री केपी ओलीले उनको नाम सिफारिस गरेका थिएनन्। प्रधानमन्त्री ओलीले निवर्तमान अर्थमन्त्री युवराज खतिवडालाई राष्ट्रिय सभामा पठाउन चाहेका थिए।तेही भएर प्रधानमन्त्री ओलीले सांसद नरहेपनि खतिवडालाई ६ महिनासम्म मन्त्री बनाए। तर कसैको पनि नाम सिफारिस गरेनन्। भदौ २० गते  खतिवडाको ६ महिने कार्यकाल सकिसकेको छ। भदौ १८ गते बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओली आफैंले गौतमको नाम सिफारिस गर्ने जानकारी गराएका थिए। गौतम २०७४ को निर्वाचनमा बर्दिया क्षेत्र नं १ बाट पराजित भएका हुन्।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४