दुर्घटनामा परी मोटरसाइकल सवारमा दुई जना घाइते !
गएराती करिब ९ बजे तिर ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किएर मोटरसाइकलमा सवारमा दुई जना घाइते भएका छन् । बा ८८ प ३४४० नम्बरको मोटरसाइकलमा सवार अन्दाजी २२ र २३ वर्षका दुई जना मध्ये एक जनाको अवस्था समान्य भएपनि अर्का एक जनाको अवस्था भने गम्भीर रहेको एक नितेश कर्णले जनाएका छन् । दुुवै जनाको बीरगन्जस्थित श्रीपुर रहेको खुलेको छ
मोटरसाइकललाई ठक्कर दिने ट्याक्टरको नम्बर नखुलेको र ट्याक्टर ठक्कर दिएर कलैया तिर फरार भएको प्रत्यक्षदर्शीले बताएका छन् । खोजि कार्य समेत भईरहेको नितेश कर्णले बताए