Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

खालि भयो रौतहटका क्वारेन्टाइन


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, भाद्र ३० २०७७
  • 3.8K
    SHARES

सागर हुमागाई प्रदेश न .२  सयोजक  रौतहट :
रौतहटको १८ वटै स्थानिय तहमा रहेको क्वारेनटाइन खालि भएको छ । कुनै समय हजारौँ मानिसले भरिभराउ रौतहटका क्वारेन्टाइनहरु अहिले खाली भएका छन् । रोजगारीका लागी भारत गएकाहरु रोजगारी गुमाए पछि र स्वास्थयको जोखिम बढे पछि बैशाखको पहिलो साता घर फर्केका थिए । भारतबाट फर्केकाहरुलाई क्वारेन्टाइनमा राख्न स्थानीय तहलाई हम्मेहम्मे परेको थियो भने यतिखेर रौतहटको क्वारेन्टाइनमा बस्नेहरुको सख्या शुन्य भएको जिल्ला प्रशासनको तथ्याङ्कले देखाएको छ ।
जिल्ला प्रशासन कार्यालय रौतहटको सोमबारको तथ्याङ्कअनुसार रौतहटमा क्वारेन्टाइनमा बस्नेको संख्या शुन्य रहेको छ ।रौतहटमा जेठ ७ गते क्वारेन्टाइनमा बस्नेको संख्या हजार नाघेको थियो । सो दिन जिल्लाका विभिन्न क्वारेन्टाइनमा बस्नेहरुको संख्या १ हजार ७८ रहेकोमा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यसैगरी जेठ १४ गते यो संख्या बढेर ४ हजार १६६ जना पुग्दा १ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
जिल्ला प्रशासन कार्यालय रौतहटको तथ्याङ्क अनुसार जिल्लामा सबैभन्दा बढि जेठ २० गते ८ हजार १०५ जना क्वारेन्टाइनमा रहेका थिए । सो दिनसम्म जिल्लामा ३ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यसरी क्वारेन्टाइनमा बस्नेहरुको संख्या बढेसँगै उनीहरुको व्यवस्थापनमा पनि स्थानिय तह र प्रशासनलाई ठुलो चुनौति बनेको थियो । एकैसाथ धेरै मानिसहरु क्वारेन्टाइनमा बस्नुपर्दा खाना, बस्न, शौचालय लगायत विभिन्न समस्याहरु सृजना भएका थिए । स्थानिय पालिकाहरुले आफ्नो पालिकाहरुमा रहेका अधिकासं विद्यालय र मदरसाहरुलाई क्वारेन्टाइन बनाएर मानिसहरु राखेका थिए । अझ स्वाब परिक्षणको रिर्पोट समयमा नआउँदा क्वारेन्टाइनमा बस्नेहरु आन्दोलित भएर क्वारेन्टाइन बाहिर निस्केर प्रदर्शन गर्दा प्रहरीले बल प्रयोग गर्नुपर्ने अवस्था सृजना भएको पनि थियो ।
हाल जिल्ला भरीमा एक सय बेडको क्वारेन्टाइन मात्रै सञ्चालनमा छ तर त्यहाँ पनि कोही छैनन् ।
त्यसबाहेक संक्रमितको उपचारका लागि जिल्लाभर ४ सय १९ बेड क्षमताका आइसोलेसन सञ्चालनमा छन् । ‘अहिले सक्रिय संक्रमितहरू मात्र आइसोलेसनमा छन् । ‘भारत र बाहिरी देशबाट आएकाहरू घर फर्केपछि क्वारेन्टाइन खालि भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनु भयो । । उहाँले कन्ट्याक ट्रेसिङ्गमा परेकाहरु, बाहिरी मुलुकबाट जिल्ला आएकाहरु, लक्षण देखिएकाहरु पनि नेपाल सरकारले तोकेको मापदण्ड पुरा गरेर घरमै क्वारेन्टाइनमा बस्न रुचाएकाले संस्थागत क्वारेन्टाइन खाली भएको बताउनुभयो ।
सोमबारसम्म जिल्लामा १ हजार ७ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भईसकेको छ । १ हजार ५६२ जना कोरोना मुक्त भएर घर फर्किसकेका छन् भने ५ जनाको निधन भएको छ ।
जिल्लामा हालसम्म १३ हजार ३०७ जना क्वारेन्टाइनमा बसेर घर फर्किसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४