Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रेम के हो ? केहि कुरा जानी बुझी राखौ !


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, भाद्र ३० २०७७
  • 19.6K
    SHARES

प्रेम के हो ? केहि कुरा जानी बुझी राखौ !

प्रेम एउटा फुल हो, जस्लाई फुल्न दिनुपर्छ । प्रेम एउटा अन्तरात्माको भावना हो, जस्लाई बुझ्नुपर्दछ । प्रेम एउटा सपना हो, जस्लाई सजाउनुपर्दछ । प्रेम एउटा शक्ती हो, जस्ले एउटा अन्धो मान्छेलाई पनि सुनौलो संसार देखाउछ । प्रेम एउटा खुसीको त्यो पल हो, जस्ले हजारौ दुख र पिडाका पलहरू भुलाउन बिवस गराउछ । अर्थात प्रेम नै दुई मनमुटूको मिलन हो, जस्लाई मिलाउनुपर्दछ ।।। यसरी नै प्रेमका बिभिन्न परिभाषाहरू दिईएका पाईन्छन तर जतीसुकै परिभाषाले पनि प्रेमको अर्थ पुर्ण भएको छैन । किनकी प्रेम गन्तव्य बिहिन छ अर्थात कति प्रेम गर्ने भन्ने सिमा नै छैन तर तुलना गरेर जाच्न सकिन्छ, जुन भावनामा मात्र सिमित छ । हजारौ प्रेमीहरूको प्रेमको परिभाषाले पनि प्रेमको उपयुक्त परिभाषा दिलाउन सकेको छैनन् । प्रेमले एउटा बेग्लै अर्थ दिएको छ, जुन भावनाले मात्र बुझ्न सकिन्छ । प्रेम भगवानले दिएको अमुल्य उपहार हो, जस्लाई मनमा सजाएर पुजा गर्नुपर्दछ । प्रेमका यस्तै थरिथरिका परिभाषाले नै प्रेमलाई रंगिन बनाएको छ । यो भन्दा पनि यो संसारका सफल प्रेमीहरूले यसलाई नया रंग दिएका छन । यो रंगिन संसार नै प्रेममा सजिएको छ । प्रेम हरेकसँग हरेक किसीमको गासिन्छ । आफन्तसँग एउटा किसिमको हुन्छ, भने जिबनसाथीसँग अर्कै र साथीसँग अर्कै किसिमको गासिन्छ । प्रेम केवल पवित्र छ तर कसैको सोच अनुसार तिनीभित्र नै अपवित्र भएको छ । यो संसारमा यस्ता मान्छेहरू पनि छन, जुन प्रेमलाई नकारात्मक भावना र नजरले मात्र हेर्ने गरेका छन अथवा तिनिहरूलाई वास्तविक प्रेमको अर्थ नै थाहा छैन, त्यसैले अरूलाई पनि आफुजस्तै ठान्ने गरेका छन । प्रेम के हो त्यो एउटा प्रेमीलाई मात्र थाहा हुन्छ । प्रेमले एउटा खतरनाक शत्रु पनि हृदयको साथी बन्न सक्छ, अर्थात एउटा असल मित्र बन्न सक्छ । मैले एकदिन भगवानसँग एउटा प्रश्न राखे “प्रेम के हो” भनेर तर उहाँले जवाफ यस्तो दिनुभयो “पहिले कसैलाई मनदेखी नै प्रेम गरेर हेर अनि यसको जवाफ तिमी आफै पाउनेछौ” अर्थात “प्रेम गर्नु नै प्रेम हो” । तर मलाई अचम्म लाग्न थाल्यो कि, यो त्यस्तो के चिज रहेछ जस्को जवाफ नै छैन अर्थात जसको अर्थ नै भन्न सकिदैन । तर हो रहेछ, प्रेमलाई वास्तबिक अर्थ भन्दा पनि भावनाले बुझ्दा उपयुक्त हुन्छ । प्रेम नै त्यो खुसी रहेछ, जस्ले आँशुको मुल्य तिर्न सक्दो रहेछ । अनगिन्ती दु:ख र पिडाहरू भुलाउन सक्ने अथवा मेटाउन सक्ने औषधी नै प्रेम बनेको छ । तपाईलाई प्रेमको अर्थ तब मिल्नेछ जब तपाईलाई केही गुमाएको महसुस हुन्छ । धेरैजसो मान्छेहरू प्रेमको पर्खाईमा भौतारिरहेका हुन्छन भने धेरैजसो मान्छेहरूको पर्खाईमा प्रेम नै भौतारिरहेको हुन्छ । अर्थात कसैको आँसुलाई प्रेमले खुसीमा बदल्छ भने कसैको खुसीलाई प्रेमले नै आसुमा बदलिदिन्छ । किनकी धेरैजसोहरू परिस्थितीलाई बुझ्न सक्दैनन् र आफ्नो खुसी मात्र खोज्न चाहन्छन तर त्यसरी खोजेको खुसी धेरै टिक्दैन र पिडामा परिणत हुन्छ । प्रेम भन्ने शब्द नै यस्तो छ कि जुनसुकै क्षेत्रमा पनि आबश्यकता हुन्छ ।, चाहे खेलकुदमा होस् अथवा भ्रष्टाचार निर्मुल गर्न वा गराउन प्रेम को ठुलो हात हुन्छ ।

प्रेम र जिन्दगी ( चोखो माया गर्नेहरुको लागि बरदान हो )।

#नेत्र बहादुर कार्की {मनको राजा मायालुको}।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४