मेयर विद्यासुन्दर शाक्य कोरोना संक्रमण मुक्त !
जन न्युज नेपाल खवर प्रतिनिधि काठमाडौँ!
गत भदौ १५ गते कोरोना संक्रमण पुष्टि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य कोरोना संक्रमण जितेर घर फर्किनु भएको छ । कोरोना संक्रमण भएपछि सोल्टी होटलको आइसोलेसनमा बस्दै आएका मेयर शाक्य र परिवार होटलको आइसोलेसनमा बस्दै आएकोभएता काठमाडौं महानगरले जनाएको छ ।
सोल्टी होटल बस्दै आएका भनिएका मयेरका बारेमा महानगरका प्रवक्ता ईश्वरमान डंगोलले भने मेयरसँग एक सातादेखि कुराकानी र भेट नभएको हुदा काँहा बस्नु हुन्छ भन्ने बारेमा आफुलाई तत्काल जानकारी नभएको बताए ।
मेयर शाक्य र सपरिवार सोल्टी होटलमा बस्ने क्रममा लागेका जे जति छ त्यो खर्च महानगरपालिकाले बेहोर्ने कि उहाँ आफैंले बेहोरने भन्ने टुंगो भने नलागेको महानगरले जनाएको छ ।