द राइजिङको टिम एक पछि अर्को सहयोग गर्दै
जन न्युज नेपाल खबर प्रतिनिधि योगेश श्रेष्ठ ।
काठमाडौं २८ भदौ , विश्व व्यापी रुपमा फैलिएको कोभिड १९ को लकडाउनको कारण देशभर ब्लड अभावलाई राहत पुर्याउन ब्लड डोनेसन एशोसिएन नेपालको आहानमा नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री महामानव वि.पि कोइरालाको १0७ औ जन्म जयन्तीको अवसरमा आयोजित रक्तदान कार्यक्रममा आज द राइजिन टिम मनमौजु द्वारा ब्लड डोलेसन गरेको छ।
ब्लड टिममा आबद्ध४0-५0 जानाले ब्लड दियको टिमका अध्यक्ष सुरेश डङोलले जन न्युज नेपाल खबरलाइ जानकारी दिनु भएको छ। यस्तो सु अवसरमा अनि देशमा ब्लड नै नपाइरहेको अवस्थामा हाम्रो टिमले सहयोग गर्न पाउँदा खुसी लागेको छ। टिमका अर्का सदस्यले बोल्दै हामी सङ जस्तो सुकै समयमा पनि ब्लड चाहियमा टिम भित्र ३0 देखि ४0 जाना ब्लड दिन आगामी दिनमा दिन तयार पनि रहेको जानकारी सबिन थापाले जन न्युज नेपाल खबरलाइ दिनु भएको छ । अब आउने भदौ २८ सनिबारको दिन हाम्रो टिमले नयाँ बस पार्क मिलनटोलमा रहेको बृद्ध आश्राममा खाद्यान्न , लत्ताकपडा ,अति आवश्यक स्वास्थ सामाग्री र ग्यास भर्नको लागि भनेर नगद रु ९५०० पनि सहयोग गरेको बताउनु भयो
सहयोग गर्न इच्छुक अन्य ब्यक्तिहरुले सहयोग गर्न पनि अनुरोध गर्दै अध्यक्ष डङोलले आयोजक नेपाली कांग्रेस तारकेश्वर नगरपालिकालाई धन्यवाद ब्यक्त गर्दै आफ्नो टिम कोभिड १९ बाट प्रभावित ठाउमा सहयोग गर्न तत्तपर रहेको टिमका सदस्य तथा जन न्युज नेपाल खवर प्रतिनिधि योगेश श्रेष्ठले हामीलाई जानकारी दिनुभयको छ ।

