Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अब मोबाइलमा रिचार्ज र ब्यालेन्स चेक गर्न एउटै सर्ट कोड !


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र २२ २०७७
  • 7.9K
    SHARES

अब मोबाइलमा रिचार्ज र ब्यालेन्स चेक गर्न एउटै सर्ट कोड !

जन न्युज नेपाल खवर प्रतिनिधि काठमाडौँ !

 काठमाडौं। अबदेखि मोबाइलमा रिचार्ज र ब्यालेन्स चेक गर्नसबै सेवा प्रदायकको एउटै सर्ट कोड हुने भएको छ। मोबाइलमा रहेको ब्यालेन्सको जानकारी लिन, ब्यालेन्स ट्रान्सफर गर्न र मोबाइल रिचार्ज गर्न प्रयोग हुने सर्ट कोड सबै सेवा प्रदायकको एउटै हुने भएको हो। नियामक नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवामा प्रयोग हुने सर्ट कोड र टोल फ्री नम्बर व्यवस्थापन कार्यविधि, २०७७ जारी गर्दै यस्तो व्यवस्था गरेको छ। यसअघिसम्म सेवा प्रदायक अनुसार आ-आफ्नै छुट्टै कोड प्रयोग हुँदै आएको थियो। जसमा नेपाल टेलिकमको मोबाइल ब्यालेन्स चेक गर्न *४००#, ब्यालेन्स ट्रान्सफर गर्न *४२२# र रिचार्जका लागि *४१२# प्रयोग हुँदै आएको थियो। त्यस्तै एनसेलमा मोबाइल ब्यालेन्स चेक गर्न *१०१#, ब्यालेन्स ट्रान्सफर गर्न *१७१२२# र रिचार्जका लागि *१०२# प्रयोग हुँदै आएको थियो। स्मार्ट सेलको हकमा मोबाइल ब्यालेन्स चेक गर्न *१२३#, ब्यालेन्स ट्रान्सफर गर्न *१३१# र रिचार्जका लागि *४२२# प्रयोग हुँदै आएको थियो। अब भने सबै सेवा प्रदायकले एउटै कोड प्रयोग गर्नुपर्ने छ । नयाँ कार्यविधि अनुसार अबको ६ महिनाभित्र सबै सेवा प्रदायकले ब्यालेन्स चेक गर्न १४४, ब्यालेन्स ट्रान्सफर गर्न १३३ र रिचार्जका लागि १२२ सर्ट कोड प्रयोग गर्नुपर्ने छ। प्रयोगकर्ताको सहजताको लागि भन्दै प्राधिकरणले यतो खालको प्रावधान राखेको जनाएको छ। यो प्रावधान सेवा प्रदायकले कार्यविधि जारी भएको मितिले ६ महिनाभित्र कार्यन्वयनमा ल्याउनु पर्नेछ। साथै ६ महिनापछि एक वर्षसम्म सेवा प्रदायकले पुरानो र नयाँ दुवै कोडलाई समानान्तर रुपमा प्रयोगमा ल्याउन पाउने व्यवस्था कार्यविधिले गरेको छ। एक वर्षपछि भने कार्यविधि अनुसारकै कोडमात्रै प्रयोग गर्नुपर्ने उल्लेख छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४