Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पाँच बर्षमा वितिसक्दा पनि झिमरुक खोलामा पुल निर्माण सकिएन, पुलकै अभावमा पाँच जनाले ज्यान गुमाए


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, भाद्र २० २०७७
  • 3.8K
    SHARES

पाँच बर्षमा वितिसक्दा पनि झिमरुक खोलामा पुल निर्माण सकिएन,

पुलकै अभावमा पाँच जनाले ज्यान गुमाए

जन न्युज नेपाल खवर 

प्यूठान । प्यूठानको झिमरुक खोलामा पुल निर्माण हुन थालेको पाँच बर्ष बितिसकेको छ । तर, अहिलेसम्म पुल निर्माण हुनु त कता हो कता ? सर्वसाधारण जघाँर तर्न बाध्य छन् ।

झिमरुक गाउँपालिका वडा नं. ५, ७ र ८ तथा गौमुखी गाउँपालिकाको लिवाङ्ग जोड्ने ढाडा स्यालीघारी पुलको निर्माण थालेको करिब पाँच बर्ष वितिसकेको हो ।

१८ महिनामा निर्माण सम्पन्न गर्ने गरी निलगिरी आशुँ जेभिले २०७२ सालमा असोजमा निर्माणको जम्मा लिएको थियो ।

तर निर्माण कम्पनीले बिभिन्न बहाना बनाएर पुल निर्माणको काम रोकेको छ ।

कम्पनीले समयमै पुल निर्माण नगर्दा स्थानीयले जोखिम मोलेर झिमरुक खोला वारपार गर्न बाध्य भएका छन् ।

पुल समयमै नबन्दा हालसम्म एक दर्जनभन्दा बढी मानिसलाई झिमरुक खोलाले बगाएर ज्यान गुमाएका छन् ।

पुल निर्माण गर्न सडक पूर्वाधार बिकास कार्यालय रोल्पा र निलगिरी आशुँ जेभिबीच २०७२ साल असोजमा सम्झौता भएको थियो ।

कार्यालयका अनुसार पुल निर्माणका लागी कम्पनीले चार करोड ५० लाख रुपैंयाँमा ठेक्का पाएको थियो । पुलको लम्वाई एक सय मिटरको रहेको छ ।

सम्झौता अनुसार कम्पनीले २०७३ साल चैत महिनामा सम्पन्न गर्नुपर्ने भएपनि कम्पनीले पिलर राख्ने ठाउँमा ओपन फाउन्डेशन नमिलेको भन्दै रिडिजाइन गर्न माग गरेको थियो ।

सोहि गत असोजमा निर्माण व्यवसायी, प्रदेश सरकार र सडक पुल कार्यक्रम एलआरबिपीबीच वुटवलमा भएको छलफलपछि पुनः पुल निर्माणको काम सुरु भएको छ ।

हालसम्म पुलको ५२ प्रतिशत काम सम्पन्न भएको छ । हालसम्म ५ वटा निर्माण भएको छ ।

देशमा तीन तहको सरकार गठन भएपनि यस्ता संबेदनशिल क्षेत्रमा ध्यानदिनुपर्ने आवश्यक छ ।

कम्पनीले ठेक्का हात परि काम नगर्ने प्रबृतिलाई हटाउन सबै तहका सरकार नै सकृय हुनुपर्ने देखिन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४