नेकपा सचिवालय बैठक आज तीन बजे बस्ने !
जन न्युज नेपाल खवर प्रतिनिधि काठमाडौँ !
काठमाडौँ/सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक बिहीबार दिउँसो तीन बजे बस्ने भएको छ।
यसअघि बिहान ११ बजे बोलाइएको बैठक दिउँसो तीन बजेसम्मका लागि सरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जन न्युज नेपाल खवरलाइ जानकारी दिएका छन्।
नेकपा सचिवालयमा राष्ट्रपतिले मनोनित गर्ने राष्ट्रिय सभा सदस्यमा कसलाई पठाउनेलगायत विषयमा छलफल हुने बताइएको छ। बैठकका एजेन्डाबारे छलफल गर्न बुधबार साँझ अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड‘ बीच भेट भएको थियो।
प्रधानमन्त्री ओली अर्थमन्त्री युवराज खतिवडालाई फेरि राष्ट्रिय सभा सांसद बनाएर अर्थमन्त्रीमा निरन्तरता दिन चाहन्छन् भने नेकपा उपाध्यक्ष वामदेव गौतम आफू राष्ट्रिय सभामा जानु पर्ने अडानमा छन्। सचिवालयका बहुमत सदस्य गौतमको पक्षमा छन्।