Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

स्वरुप परिवर्तन गरेर उपत्यकामा भदौ २४ सम्म निषेधाज्ञा लम्ब्याउने निर्णय !


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, भाद्र १७ २०७७
  • 3.2K
    SHARES

स्वरुप परिवर्तन गरेर उपत्यकामा भदौ २४ सम्म निषेधाज्ञा लम्ब्याउने निर्णय !

जन न्युज नेपाल खवर प्रतिनिधि काठमाडौँ !

काठमाडौं । काठमाडौं उपत्यकामा तेस्रोपटक थप एकसाता निषेधाज्ञा लम्ब्याउने निर्णय गरिएको छ । काठमाडौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । 

अब, काठमाडौं उपत्यकामा भदौ २४ सम्म निषेधाज्ञा जारी रहनेछ । भदौ ३ को मध्यरातदेखि जारी निषेधाज्ञा बुधवार मध्यराति सकिँदै छ । निषेधाज्ञाको समयावधी एकसाता लम्ब्याउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका एक अधिकृतले जन न्युज नेपाल खवरलाई जानकारी दिए ।

निरन्तर दुई साता लामो निषेधाज्ञापछि तेस्रो पटक थपिएको समयसीमामा निर्माण सामग्री ढुवानी र होटल, रेष्टुरेण्टको ‘टेक अवे’ सेवालाई भने खुल्ला गरिएको बताइएको छ । अब, भन्सार तिरेका गाडी र मोटरसाईइकल पनि काठमाडौं उपत्यकामा ल्याउन छुट गरिएको छ । स्वास्थ्य मापदण्ड पुरा गरेर कारखाना भित्रै मजदुर राख्नेगरी उद्योग धन्दा संचालन गर्न पाउने निर्णय गरिएको छ । 

ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले छुट गरिएका सेवाबारे सूचना जारी गरेर जानकारी गराइने बताए ।
संक्रामक रोग ऐन–०२० को दफा २ र स्थानीय प्रशासन ऐन–०२८ को दफा ६ (३) अनुसार जिल्ला सुरक्षा समितीको निर्णय अनुसार प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञा जारी गर्ने अधिकार छ ।

थप गरिएको निषेधाज्ञा अवधिमा आइसोलेशन सेन्टर बढाउने, कन्ट्याक्ट ट्रेसिङ र टेष्टको दायरा बढाउने स्थानीय प्रशासनले निर्णय गरेको छ । 

दुईसाता लामो निषेधाज्ञापछि उपत्यकामा कोरोना भाइरस संक्रमणको ‘चेन ब्रेक’ भएको उपत्यकाका तीन प्रजिअको निष्कर्ष छ । 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४