Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पिएसजीलाई हराउँदै वायर्न म्युनिखले जित्यो च्याम्पियन्स लिगको उपाधि


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र ८ २०७७
  • 13.6K
    SHARES

पिएसजीलाई हराउँदै वायर्न म्युनिखले जित्यो च्याम्पियन्स लिगको उपाधि

 

जन न्युज नेपाल खवर प्रतिनिधि

जर्मन क्लब वायर्न म्युनिखले युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ। उपाधि भिडन्तमा वायर्नले फ्रेञ्च च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० गोलले पराजित गर्दै उपाधि जितेको हो।

वायर्नको जितमा किङ्गस्ले कोम्यानले गरेको गोल निर्णायक बन्यो। उनले खेलको ५९ मिनेटमा हेडमार्फत गोल गरेका थिए।

जोसुआ किमिचले उपलब्ध गराएको पासमा कोम्यानले गोल गरेका थिए।

यससँगै वायर्नले छैटौं पटक युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको हो। यता पहिलो पटक फाइनल पुगेर इतिहास बनाएको पिएसजीले पहिलो उपाधि जित्ने मौका गुमायो।

खेलमा पिएसजीका केलियन एमबाप्पे, मार्किन्होस र नेइमारको प्रहारलाई वार्यनका गोलकिपर म्यानुयल नेउरले विफल पारेका थिए। यस्तै पहिलो हाफमा वार्यनका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीको प्रहार पोस्टमा लागेर फर्किएको थियो।

कोरोना भाइरसका कारण पोर्चुगलको लिस्बनमा क्वार्टरफाइनल देखिका सबै खेल भएका थिए। यस्तै खेलमा दर्शकलाई प्रवेश निषेध गरिएको थियो।

उपाधि जितेसँगै वायर्नले लिभरपुलको कीर्तिमानसँग बराबरी गरेको छ। छ पटक उपाधि जितेर बढी उपाधि जित्ने टिमको तेस्रो स्थानमा रहेको लिभरपुलसँग वायर्नले बराबरी गरेको हो।

रियल म्याड्रिडले सर्वाधिक १३ पटक जितेको छ भने एसी मिलान ७ पटक जितेर दोस्रो स्थानमा छ।

वायर्नले यस सिजनको उपाधि जित्ने क्रममा लगातार ११ खेल जित्यो। जसमा वायर्नले ४३ गोल गर्‍यो। वायर्न च्याम्पियन्स लिगको सबै खेले जितेर उपाधि जित्ने पहिलो टिम बन्यो।

वायर्नले क्वार्टरफाइनलमा स्पेनिस महारथी बार्सिलोनाविरुद्ध हात पारेको ८-२ को जित चर्चित रह्यो। समूह चरणको दुई लेगमा वार्यनले इंग्लिस क्लब टोटनह्यामविरुद्ध १० गोल र अन्तिम १६ को दुई लेगमा अर्को इंग्लिस क्लब चेल्सीविरुद्ध ७ गोल गरेको थियो।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४