थप ८३८ जनामा काेराेना देखियाे काेराेना, कुन ठाउँमा कति ?
जन न्युज नेपाल खवर
काठमाडौं : अद्यावधिक विवरण अनुसार शुक्रबार नेपालमा८३८ नामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा जनाकारी गराइएको हो ।
यो संगै नेपालमा अहिलेसम्म संक्रमितको संख्या ३० हजार ४८३ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमले बताए । बुधबार मात्रै नेपालमा ६८१ नामा कोरोना संक्रमण पुष्टि भएको थियाे ।
पछिल्लाे २४ घण्टामा २५० जना काेराेना संक्रमण मुक्त धएका छन् याे संगै काेराेना निकाेहुनेकाे संख्या १८ हजार २१४ पुगेकाे छ । ८ हजार ५४६ जना आइसाेलाेसनमा रहेका छन । सक्रिय संक्रमितकाे संख्या १२ हजार १३२ रहेेकाे छ ।