Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आपत परेको बेलामा मद्दत नगर्ने हो भने साथीको के काम यी बच्चा बाट  केहि सिक्ने होकी ?


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, साउन २१ २०७७
  • 21.3K
    SHARES

आपत परेको बेलामा मद्दत नगर्ने हो भने साथीको के काम यी बच्चा बाट  केहि सिक्ने होकी ?

जन न्युज नेपाल खवर डट.कम

नमुना दहाल कार्की

रामेछाप जिल्लाको उत्तरी भेगमा रहेको ठूलो जंगलको छेउमा रहेको एक ठुलो पोखरी नजिकै एउटा सानो हाँसको बच्चा बस्तथ्यो । उसलाई एक दिन साह्रै भोक लाग्यो । त्यसकारण उसले आफ्नो भोक मेटाउनको लागि कीरा–फट्यांग्र खोज्न थाल्यो । तर उसले जति प्रयास गरे पनि कीरा–फट्यांग्रा समात्न भने सकेन । किन भने उ सानै भएको कारणले गर्दा उसले केहि समाउन सकेन त्यस पछि ऊ दुःखी हुँदै ठूलो–ठूलो आवाजमा क्वाँ–क्वाँ गर्दै कराउन थाल्यो ।

उसको आवाज सुनेर नजिकैको घारीमा बस्ने एउटा कुखुराको बच्चा दौडेर आयो । र, उसले हाँसको बच्चालाई सोध्यो ‘के भयो, तिमीलाइ किन यसरी कराएको ?’ भनेर उसले सोध्यो ।

हाँसको बच्चाले रुँदै भन्यो– ‘मलाई साह्रै भोक लागेको छ । तर कीरा–पट्यांग्र खानाको लागि खोजेको,मैले  समात्न सकिनँ ।’

त्यो सुनेर  कुखुराको बच्चाले ‘धन्दा नमान, म तिमीलाई खाना खोजेर ल्याइदिन्छु’ भन्यो । त्यस पछि कुखुराको बच्चा यता–उता गएर तरुन्तै केही कीराहरु लिएर  आयो । हाँसको बच्चाले खुसी हेदै त्यो सबै खायो । बदलामा उसले कुखुराको बच्चालाई पनि माछा खुवाउने बाचा गर्‍यो । त्यस पछि ऊ पोखरीतिर दौडियो । कुखुराको बच्चा पनि पोखरीमा संगै जान्छु भन्न थाल्यो । तर हाँसको बच्चाले ‘तिमीलाई पौडन आउँदैन, डुबिन्छ यही बस’ भनेर पोखरीमा पस्यो । कुखुराको बच्चाले मन थाम्न सकेन । हाँसको बच्चा अलि पर पुगेको पनि के थियो, उसले कुखुराको बच्चाले बचाउ ! बचाउ ! भनेको आवाज सुन्यो । उसले यसो हेरेको त कुखुराको बच्चा पानीमा डुबिरहेको रहेछ । ऊ हतार हतार गएर कुखुराको बच्चालाई पोखरीबाट बाहिर निकाल्यो ।

पानीबाट बाहिर निस्केको केही छिनपछि दुबै मिलेर माछा खाना थाले । माछा खाइसकेपछि कुखुराको बच्चाले खुसी हुँदै भन्यो–साथी तिमीले आज मेरो ज्यान बचायौं । यसको लागि धन्यवाद ! तर हाँसको बच्चाले नम्र हुँदै भन्यो– ‘यत्तिमै किन धन्यवाद दिनु पर्छ र ? हामी दुईजना त असल साथी हौं । साथी भएपछि त एकअर्कालाई आपत परेको बेलामा मद्दत गर्नु नै पर्छ । मद्दत नगर्ने हो भने त हामी साथी भएको के काम भयो र ? त्यसपछि सधैभरी नै हास र कुखुराको बच्चाले जिन्दगि रमाइलो संग बिताउन थाले तर मान्छेमा भने तेस्तो सदभाब कहिले आउने होला | आपत परेको बेला साथ् नदिने आफन्त र साथीहरुले यी साना चाल्लाबाट पाठ सिक्ने होलाकी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४