Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लेबनानको राजधानीको विध्वंस बिस्पोटन हेरनुहोस !


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, साउन २१ २०७७
  • 24.3K
    SHARES

लेबनानको राजधानीको विध्वंस हेरनुहोस !

 

लेबनान पहिलेदेखि नै विभिन्न समस्याबाट आक्रान्त छ तर मंगलबारको विध्वंसका यस्ता दृश्य सार्वजनिक भएका छन् जुन हेर्दा थाहा हुन्छ त्यहाँ सबै तहसनहन भएका छन|

 

लेबनानको राजधानी बेरुतमा एउटा ठूलो बिस्फोट भएको छ । लेबनानी रेडक्रसका अनुसार बिस्फोटको ठूलो जनधनको क्षती भएको छ । लेबनानका स्वास्थ्यमन्त्रीका अनुसार अहिलेसम्म कम्तीमा ७० जनाको मृत्यु पुष्टि भएको छ र ४ हजार बढी घाइते भएका छन् । लेबनानका प्रधानमन्त्री हसन दियाबले बुधबार राष्ट्रिय शोक दिवसको घोषणा गरेका छन् ।

बीबीसी अरब मामिलाका विश्लेषक सेबेस्टियन अशर के भन्छन् ?

 

बिस्फोटपछि जुन तस्बिर र भिडियो सार्वजनिक भइरहेको त्यसमा धुँवाको मुस्लोमात्रै नभई थुप्रै किलोमिटरसम्म विध्वंस पनि देखिएको छ । यो बिस्फोटले पहिले देखि नै आर्थिक संकटसँग जुधिरहेको लेबनानलाई शोकमा डुबाएको छ । लेबनानको अर्थव्यवस्था चौपट भएको छ र सडकमा सरकारविरुद्ध मानिसहरु विरोध गरिरहेका छन् । बिस्फोट हुनु ठिक अघि सरकार विरोधी प्रदर्शनकारी र प्रहरीबीच ऊर्जा मन्त्रालयबाहिर हातपात भएको थियो । मानिसहरु नेतालाई जवाफदेही बन्न माग गरिरहेका छन् ।

त्यसपछि अचानक गाडी, पसल र भवनका सिसा फुट्न थाल्छन् । पूरा बेरुतमा विभिन्न इलाकाका मानिसहरु एक–अर्काललाई फोन गरिरहेका थिए । सबैले बिस्फोटको आवाज सुने । एक प्रत्यक्षदर्शीले भने, ‘हामी पूर्ण रुपमा अवाक थियौं किनभने पहिला कुनै बिस्फोट हुँदा एक इलाका मात्रै प्रभावित हुन्थ्यो तर यो एउटा यस्तो बिस्फोट थियो जुन बेरुत बाहिर पनि महसुस गरियो ।’

हादी नसरुल्लाह नामका एक प्रत्यक्षदर्शीले बीबीसीलाई भने, ‘मैले आगोको लप्का देखेँ तर मलाई थाहा थिएन कि बिस्फोट हुँदैछ । म भित्र गएँ । अचानक मैले केही पनि सुन्न सकिनँ किनभने म घटनास्थलभन्दा निकै नजिक थिएँ । केही सेकेन्डसम्म मैले केही पनि सुन्न सकिनँ । केही गडबड पक्कै भयो होला भन्ने मैले महसुस गरेँ ।’

लेबनानविरुद्ध पछिल्लो केही समयदेखि सरकार विरोधी प्रदर्शन भइरहेको छ । लेबनान सन् १९७५–१९९० को गृहयुद्धपछि सबैभन्दा ठूलो आर्थिक संकटसँग जुधिरहेको छ र मानिसहरु सरकारविरुद्ध सडकमा उत्रिएका छन् ।

लेबनानको इजराइलसँग पनि सीमा विवाद चलिरहेको छ । इजराइलले गत हप्ता आफ्नो इलाकामा हिजबुल्लाहको घुसपैठको कोसिस विफल गरिदिएको बताएको छ । यद्यपि, बीबीसीसँगको कुराकानीमा इजराइलका एक वरिष्ठ अधिकारीले बेरुतको बिस्फोटसँग इजराइलको कुनै सम्बन्ध नभएको स्पष्टिकरण दिएका छन् ।

 

 

थप तस्बिरः रोयटर्सबाट साभार गरिएको हो

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४