Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मलेसियाबाट सुदूरपश्चिमेलीले गरे सयुक्त रुपमा आपतकालीन राहत कोषमा आर्थिक सहयोग


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असार ३१ २०७७
  • 6.7K
    SHARES

रमेश मल्ल (मलेसिया)
मलेसिया । विश्वका विभिन्न राष्ट्रमा गठित सुदूरपश्चिमेली नेपाली समाजहरुको संयुक्त पहलमा स्वदेश तथा विदेशमा रहेका सुदुरपश्चिमेलीहरुलाई आईपर्ने समस्याहरुको समाधान तथा नेपालमा हुने प्राकृतिक दैविय प्रकोपबाट प्रभावित क्षेत्रमा स्वास्थ्य तथा शिक्षा लगायत विभिन्न परोपकारी कार्यका लागि स्थापना गरिएको सुदूरपश्चिमेली आपतकालीन राहत कोषको लागि रकम पठाएको छ ।
मलेसियामा गठित केन्द्रीय तथा क्षेत्रिय समितिहरुबाट सयुक्त रुपमा ७८ हजार ३ सय ९९ नेपाली रुपैंया बिभिन्न विपद् तथा परोककारी कार्यहरुका लागि सुदुर पश्चिमेली आपतकालीन राहत कोषको धनगढीमा रहेको एभरेष्ट बैंक रहेको आधिकारिक खाता मार्फत हस्तान्तरण गरेको सुदूरपश्चिमेली नेपाली समाज मलेसिया जोहोरबारु क्षेत्रिय समितीका अध्यक्ष राज बहादुर साउँदले जनाकारि दिएका छन् ।
जसमा सुदुर पश्चिमेली नेपाली समाज केन्द्रिय समिति मलेसियाले २३ हजार ६ सय ४ रुपैया सहयोग गरेको छ ।
यस्तै सुदुर पश्चिमेली नेपाली समाज जोहोरबारु क्षेत्रिय समिति मलेसियाले १८ हजार २ सय ६५, सुदुर पश्चिमेली नेपाली समाज मल्लका क्षेत्रिय समिति मलेसियाले १८ हजार २ सय ६५ र सुदुर पश्चिमेली नेपाली समाज पेनाङ क्षेत्रिय समिति मलेसियाले १८ हजार २ सय ६५ रुपैया गरि कुल ७८ हजार ३ सय ९९ रुपैयाँ सहयोग स्वरुप सुदुर पश्चिमेली नेपाली समाज मलेसियाका केन्द्रिय कोषाध्यक्ष कैलाश बोहरा मार्फत उक्त रकम समाजको सुदुर पश्चिमेली आपातकालीन राहात कोषको खातामा पठाएको जोहोर अध्यक्ष साउदले बताए ।
सुदुरपश्चिमेलीहरुलाई आईपर्ने समस्याहरुको समाधान तथा नेपालमा हुने प्राकृतिक दैविय प्रकोपबाट प्रभावित क्षेत्र साथै स्वास्थ्य तथा शिक्षा लगायत विभिन्न परोपकारी कार्यका लागि समाजको स्थापना गरिएको थियो ।
यस कार्यमा सहयोग गर्ने अन्तराष्ट्रिय समितिका सदस्य टेकबहादुर बुढा , दक्षिण एसिया संयोजक दिनेश खड्का खप्तडी मलेसियाका केन्द्रिय अध्यक्ष तुलाराम धामी तथा अन्य सहयोगीहरुलाइ समाजले धन्यवाद ज्ञापन समेत गरिएको छ ।
साथै कसैले सहयोग गर्न चाहेमा सुदुर पश्चिमेली आपतकालीन राहत कोषको धनगढीमा रहेको एभरेष्ट बैंक रहेको आधिकारिक खाता नंबर नम्बर ०११००१०५२००७७१ मा रकम जम्मा गर्न सकिने सुदुर पश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिका दक्षिण एसिया संयोजक एव प्रचार बिभाग प्रमुख दिनेश खड्का खप्तडीले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४